गान्तोक: सिक्किम विधानसभाका अध्यक्ष एवम पश्चिम पाण्डाम निर्वाचन क्षेत्रका विधायक एलबी दासले आज बरदाङ माध्यमिक विद्यालयको नयाँ भवनको दघाटन गरे। उक्त भवनको निर्माण कार्य समग्र शिक्षा अभियान अन्तर्गत गरिएको हो। विद्यालय भवनको उदघाटन पछि विधायक दासले विद्यार्थी साथै शिक्षकवर्गसँग अन्तक्रिया गरे। नयाँ भवन प्राप्त गरेकोमा उनले विद्यालयका सम्पूर्ण परिवारलाई बधाई दिए। यस अवसरमा सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो। कार्यक्रममा ग्रामीण प्रवन्धन विकास विभागकी अध्यक्ष सुनिता गौतम लगायत विभिन्न विभागका अधिकारीवर्गको पनि उपस्थिति रहेको थियो।