विधायक ढुङ्गेलले गरे वृद्धहरूसँग भेट

IMG-20220715-WA0186.jpg

गान्तोक: तादोङ निर्वाचन क्षेत्रका विधायक जीटी ढुङ्गेलले क्षेत्रका विभिन्न वयस्क व्यक्तिहरूसँग भेट गरे। उनले घर घर पुगेर वृद्ध-वृद्धाहरूसँग भेट गर्दै भलाकुसरी गरे। वयस्कहरू क्षेत्रका अभिभावक हुन् साथै उनीहरूको शारिरिक अवस्थाबारे जानकारी लिनको निम्ति विधायक ढुङ्गेलले घर घर पुगेर भेट गर्दै उपहारहरू पनि प्रदान गरे। घरमा वयस्क व्यक्तिहरू हुने भनेको सम्पूर्ण परिवारको निम्ति छानो हुने गरेको बताए।

यसको साथै उनले क्षेत्रका विभिन्न रोगीहरूसँग पनि भेट गरे। उनले रोगीहरूको स्वास्थ्यबारे जानकारी लिँदै सरकारको तर्फबाट उपचारको निम्ति सहयोगको व्यवस्था गर्ने आश्वासन दिए। उक्त भ्रमण अवधि विधायक ढुङ्गेलसँग पार्षद छेवाङ थेण्डुप लेप्चा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement