सिक्किम आपदामा ८७,३०० भन्दा अधिक मानिसहरू प्रभावित

Screenshot_20231005_221217_Samsung-Internet.jpg

नयाँ दिल्ली: सिक्किममा अचानक आएको बाढ़ीपछि सेना, राष्ट्रिय आपदा मोचन बल (एनडीआरएफ)-ले स्थानीय प्रशासनसित मिलेर राहत वं बचाउ कार्यलाई तीव्रता दिएको छ। आपदा आइलागेको एक हप्तापछि फसेका मानिसहरूलाई निकाल्ने, पुनर्वास गराउने तथा राहत सामग्री एवं रोगीहरूलाई औषधिहरू उपलब्ध गराउने हरसम्भव प्रयास गरिँदैछ।

प्राप्त जानकारी अनुसार यस आपदाबाट अहिलेसम्ममा ३ हजार ४४८ मानिसहरूलाई सफलतापूर्वक निकालिसकिएको छ। यस आपदाबाट ८७,३०० मानिसहरू प्रत्यक्ष औ परोक्ष रूपमा प्रभावित भएका छन्। सिक्किम सरकार अनुसार बाढ़ीको कारणले मोठ ३,७७३ मानिसहरू घरबारविहीन भएका छन्।

यीमध्ये ३,७०६ मानिसहरू राहत शिविरहरूमा बस्दै आइरहेका छन् जसलाई चारै जिल्लाका २४ राहत शिविरहरूमा आश्रय दिइएको छ। ९० गाउँका ३,६४६ पक्का औ कच्चा घर पूर्णरूपले क्षतिग्रस्त भएको छ। यस आपदामा अहिलेसम्ममा ३७ जना मानिसहरूको मृत्यु भइसकेको छ भने ३० जना गम्भीर रूपले घाइते भएका छन्। मोठ २,५६३ मानिसहरूलाई बचाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement