हमासको आक्रमणमा २२ अमेरिकी नागरिकको मृत्यु

Hamas-attack-on-Israel-4

वासिङ्टन: इजरायलमा हमासको आक्रमणमा परी कम्तीमा २२ अमेरिकी नागरिकको मृत्यु भएको छ भने १७ जना बेपत्ता भएका छन्। अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले प्यालेस्टिनी आतंककारी समूह हमासले बन्धक बनाएकामध्ये धेरै अमेरिकी हुन सक्ने बताएका छन्। उनले बन्धकहरुलाई रिहा गर्न अमेरिकाले इजरायलसँग वार्ता गरिरहेको बताए। ह्वाइट हाउस नेशनल सेक्युरिटी काउन्सिलका रणनीतिक संचार संयोजक जोन किर्बीले भने कि हामीलाई थाहा छ कि अहिलेसम्म २२ अमेरिकीले ज्यान गुमाएका छन् भने १७ अन्यको बारेमा कुनै जानकारी छैन। आगामी दिनमा यो संख्या अझै बढ्ने अनुमान गरिएको छ।

यसअघि अमेरिकाले आक्रमणमा १४ अमेरिकीको मृत्यु भएको पुष्टि गरेको थियो। जेक सुलिभानले पत्रकारहरूलाई भने, ‘आज हामीसँग अझ कति अमेरिकीहरू हराइरहेका छन् भन्ने बारे थोरै राम्रो विचार छ। हामीलाई थाहा छ कि ती मध्ये धेरै अमेरिकीहरू अहिले हमासद्वारा बन्धक बनाइएका छन्। मलाई लाग्छ कि यो संख्या अझै बढ्न सक्ने तथ्यका लागि हामी सबैले आफूलाई बलियो बनाउन आवश्यक छ।’ इजरायलमा हमासको अप्रत्याशित आक्रमणमा १२ सय भन्दा बढी मानिस मारिएका छन्। यसपछि इजरायलले पनि गाजामा हवाई हमला गरेको प्रतिक्रिया दिएको छ। उनले भनेका छन्, ‘सबै पीडित परिवारलाई हाम्रो सन्देश हामी तपाईहरुको साथमा छौँ। तपाईसँगै हामी पनि यसबाट धेरै दु:खी छौं। हामीले गर्न सक्ने सबै प्रयास गरिरहेका छौंl’ अमेरिकाले इजरायललाई थप रक्षा सहयोग पनि उपलब्ध गराउँदै आएको छ। समाचारअनुसार अमेरिकाले इजरायलप्रति कसैले शत्रुतापूर्ण व्यवहार गरे वा युद्ध चर्काउने प्रयास गरे अमेरिका उनीहरुविरुद्ध कारबाही गर्न तयार रहेको स्पष्ट सन्देश दिइरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *