गान्तोक: सिक्किम उर्जा विकास निगम (एसपीडीसी) ले बाढी प्रभावित परिवारहरूको निम्ति मुख्यमन्त्री राहत कोषमा १५ लाख रूपियॉं प्रदान गरेको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङले निगमको योगदान यस महत्वपूर्ण समयमा सकारात्मक प्रभाव पार्ने उनीहरुको करुणा, दया र प्रतिबद्धताको प्रतीक रहेको बताएका छन्।
मुख्यमन्त्रीले भनेका छन्, निगमको सहयोगले हामी यस चुनौतीपूर्ण समयको सामना गरिरहेकाहरुलाई महत्वपूर्ण स्रोत, सहयोग र हेरचाह प्रदान गर्ने हाम्रो मिशनलाई निरन्तरता दिन सक्षम छौं।