गान्तोक: प्राकृतिक प्रकोपको कारण संकटमा रहेको सिक्किम राज्य अहिले पुननिर्माणको क्रममा छ। यस विपदसँग जुझ्न विभिन्न संघ संस्था अनि व्यक्ति विशेषहरू अगाडि बढेर मुख्यमन्त्री राहत कोषमा सहयोग प्रदान गरिरहेका छन्।
यसै क्रममा गान्तोक निवासी निर्मल अग्रवालकी छोरी खुशी अग्रवालले पनि २५८० रुपियाँ मुख्यमन्त्री राहत कोषमा प्रदान गरेकी छन्। सानी बालक खुशी हाल दिल्ली पब्लिक स्कूल, जयपुरमा अध्यनरत् छिन्। यसै क्रममा हाम्रो वार्ता परिवारद्वारा पनि आज मुख्यमन्त्री राहत कोषमा प्रत्येक कर्मचारीहरूको एक दिनको वेतन जम्मा १०,१०० रुपियाँको रकम प्रदान गरिएको छ।
यो विपदको समयमा यसरी सहयोग पुऱ्याउने सबै सबैमा मुख्यमन्त्री प्रेमसिंह तामाङले आफ्नो आधिकारिक फेसबूक पेजमार्फत आभार प्रकट गरेका छन्। उनले यो परिस्थितिबाट सिक्किम फेरि पुननिर्माण हुने विश्वास पनि व्यक्त गरेका छन्।