दार्जीलिङ: अनित दाजुले टिस्टावासीलाई साच्चै नै मनदेखि माया गरेका छन् भने फतुवा होइन जीटीए सभाको आपतकालीन बैठक डाक्नुपर्छ भनी हाम्रो पार्टी अध्यक्ष एंव निर्वाचित सभासद अजय एडवाडर्सले बताएका छन्। बाढीले टिस्टा लगायत पहाडको धेरैवटा क्षेत्रहरूमा क्षति पुराएको छ। बाँढ पिडितहरूमा धेरै समस्याहरू छन् अनि संघ संस्थाहरूले आ आफ्नो प्रकारले सहयोग पुराउने कार्यहरू गरी रहेका छन् भन्ने सभासद एडवाडर्सले बताए। गत केही दिन अधि मात्र हामीले बाढ पिढीतहरूको अवस्थालाई ध्यानमा राखेर जीटीए सभाको आपतकालीन बैठक डाक्ने अनुरोध गरेका थियौं। अनित दाजुले हाम्रो सुझावलाई सुने जस्तो गरेर राजनैतिक सर्वदलीय बैठक बोलाए। राजनैतिक सर्वदलीय बैठक त कुनै पनि राजनैतिक पार्टीले डाक्न सक्छ तर प्राकृतिक आपदामा फसेकाहरूलाई राजनैतिक पार्टीको बैठकले होइन क्षेत्रीय सरकारले डाक्नुपर्छ अनि त्यसैकारण हामीले जीटीए सभाको आपतकालीन बैठक डाक्ने अनुरोध गरेका हौं एडवाडर्सले भने। जीटीए चिफको चौकीमा अनित थापा दाजु हुनु हुन्छ तर उनी आफ्नो कार्यदेखि भाग्दैछ। टिस्टावासी एंव बाढ पिढीतहरूलाई सबैले सहयोग पुराउँदै आईरहेको छ। क्याम्पहरूमा खाना पकाउने ग्यासहरूको अभावहरू देखा पर्दैछ अनि हामीले ती क्याम्पहरूमा ग्यासको व्यवस्था गर्ने कामहरू गर्दै आईरहेका छौं।बाढको तुरून्तैपछि हामी घटना स्थलमा पूटुगेका थियौं अनि पिढीतहरूको अवस्था आफ्नो आँखाले हेरेर जनता समक्ष सहयोगको आह्वान् गरेका थियौं अनि अहिले चारैतिरबाट संघ संस्थाहरूदेखि राजनैतिक पार्टीहरूले नि:स्वार्थ भावले सहयोग पुराईरहेका छन्। जीटीए चिफ् अनित दाजु त्यस समय कोलकतामा थिए अनि उनी कोलकताबाट आएर हामीलाई काउण्टर गर्न मात्र सर समाग्रीहरू उठाउने कार्य बन्द गर्ने फतुवा जारी गरयो। अनित दाजुको दिमाकमा केवल राजनीति मात्र खेल्छ अध्यक्ष एडवाडर्सले भने। उनले अघि भने, टिस्टावासीहरूको निम्ति हामी ज्यान दिन्छौं तर हामी देखावटी राजनीति गर्न जान्दैनौं एडवाडर्सले भने। हामीले भनेको थियौं राज्य सरकारले बाढ पिढीतहरूको निम्ति कति फण्ड दियो अनि केन्द्र सरकारले दिएको छैन भने त्यसबारे के गर्नु सकिन्छ ती विषयहरूमाथि काम गर्नुपर्छ भन्ने सुझावहरू दिएका थियौं तर उनले यसबारे चासो नै देखाएको छैन। राज्य सरकारबाट आएको 25 करोडको राशिबारे उनले कसैसंग साझा गर्न चाहेको छैन। एकल काँटे सोच राखेको छ एडवाडर्सले भने। अनित दाजु कोलकताबाट आउनसाथ बाढ पिढीतहरूको समस्यालाई समाधान गर्न जीटीए समक्ष रहेको बताएका थिए। तर गत केही दिन अघि भागोप्रमोले डाकेको सर्वदलीय बैठकमा महासचिव अमर लामाले राज्य सरकारले केवल 25 करोड रूपियाँ दिएको तर केन्द्र सरकारले एक कन्ची समेत नदिएको विषयहरू उपस्थित अल पार्टीको नेतृत्वहरूलाई बताएका थिए भन्ने अध्यक्ष एडवाडर्सले बताए। आज जीटीए चिफे अनित थापा दाजुले जीटीएको 45 वटा समष्टिहरूले एक एकवटा घरहरूको निर्माण गरी दिनुपर्छ भन्ने जस्ता सुझावहरू राखेका छन्। विपक्षी सभासदहरू 9 जना छौं। हामी 9 वटा घरहरू अवश्यै निर्माण गरी दिन्छौं तर यो अपिल टिस्टाको बगरबाट गर्ने अपिल होइन।जीटीए सभाको आपतकालीन बैठक डाक्नु होस् अनि यो प्रस्ताव बैठकको टेबलमा राख्नु होस। हामी घर निर्माण गर्न तयार छौं साथै बैठकको टेबलमा राज्य सरकारले दिएको 25 करोड रूपियाँ के गर्छौ त्यो पनि सार्वजनिक गरी देऊ अध्यक्ष एडवाडर्सले भने। टिस्टाको बगरमा गम्बुट लगाए हिडनुभन्दा समस्याको समाधान गर्न यहाँ आउनुहोस अध्यक्ष एडवाडर्सले दोहोराएका छन्।