प्राकृतिक प्रकोपले प्रभावित ४३ परिवारलाई अनुदान प्रदान

n5466717941697126796152c3468a4ac651d16cbdbce04ebc618549ddf3470681530798c226590b70026af5.jpg

मंगन: प्राकृतिक प्रकोपको चपेटमा परेर घर अनि सम्पति गुमाउने मंगन जिल्लाका ४३ परिवारलाई मन्त्री सामडुप लेप्चाको बाहुलीबाट प्रति परिवार १,३५,००० रुपियाँको दरले अनुदान राशि प्रदान गरियो। यो अवधि उनीसँग मंगन जिल्लाका जिल्लापाल हेमकुमार छेत्री, मंगन जिल्लाका पुलिस अधीक्षक अनि अन्यको पनि उपस्थिति रहेको थियो। यसै क्रममा मन्त्री लेप्चाले त्यहाँ फँसिएका पर्यटक अनि राज्य बाहिरबाट आएका श्रमिकहरूसँग पनि अन्तरक्रिया गरे।

तिनीहरूलाई सुरक्षित आफ्नो घरसम्म पुऱ्यानको निम्ति राज्य सरकारले गरिरहेको पहलहरूबारे पनि तिनीहरूलाई जानकारी गराए। राज्य सरकारले आम नागरिकहरूको निम्ति गरिरहेको उद्दार कार्य अनि राहत वितरणबारे पनि मन्त्री लेप्चाले सबैलाई अवगत गराए। यो परिस्थितिमा मुख्यन्त्री प्रेमसिंह तामाङ अनि राज्य सरकार प्रत्येक प्रभावित पिरावरहरूको पक्षमा रहेको उनले बताए। तिनीहरूको जीवन पुननिर्माण गर्नको निम्ति सरकारले हर प्रकारको सहयोग पुऱ्याउने पनि मन्त्री लेप्चाले अवगत गराए। यो दुःखको घड़ीमा शारीरिक रुपमा अनि अन्य सबै रुपमा सहयोग पुऱ्याउने सबै सबैलाई पनि मन्त्री लेप्लाले मंगनवासीको तर्फबाट आभार व्यक्त गरेका छन्।

यसरी नै प्रभावित व्यक्तिहरूलाई हर प्रकारको सहयोग पुऱ्याउनको निम्ति मंगनका सबै अधिकारी अनि कर्मचारीहरू लागिपरेको पनि जिल्लापालले अवगत गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement