नाम्चीमा ब्लकस्तरीय ब्याङ्कर्स समितिको सभा सम्पन्न

IMG-20231013-WA0007.jpg

नाम्ची: नाम्ची जिल्ला अन्तर्गत सञ्चालित ब्लकस्तरीय ब्याङ्कर्स समितिको एक सभा आज नाम्चीका खण्ड विकास अधिकारीको अध्यक्षतामा सम्पन्न भयो। यस अवसरमा नाम्ची जिल्ला अन्तर्गत सातवटा ग्राम पञ्चायतका अध्यक्षहरूले पनि सहभागिता जनाएका थिए।

सभामा नाम्ची जिल्लामा सञ्चालित सबै ब्याङ्कका शाखा प्रबन्धक, मत्सय पालन, कृषि विभाग लगायत अन्य विभागका अधिकारीहरूले पनि अंशग्रहण गरेका थिए। सभा आयोजना गरिनुको मुख्य उद्देश्य गत १ अक्टोबरदेखि शुरू गरिएको किसान क्रेडिट कार्ड अन्तर्गत रहेको योजनाहरूबारे जानकारी गराउनु रहेको थियो।

गत १ अक्टोबरदेखि शुरू भएको अभियानको समापन आगामी २३ दिसम्बरको दिन हुने सभामा जानकारी गराइयो। सो सभामा नाम्ची जिल्लाका खण्ड विकास अधिकारीले प्रधानमन्त्रीद्वारा शुरू गरिएको विभिन्न योजना जस्तै पीएमजेजेवीवाई, पीएमजेडीवाई, एपीवाई, पीएमईजीपी लगायत अन्य योजनामाथि व्याङकहरूले आम मानिसहरूलाई सचेत गराउनु पर्ने विषयमा उनले जोर दिए। यी योजनाहरूको लाभ नाम्ची साथै राज्यका किसानहरूले उठाउनु पर्ने उनले आग्रह गरे।

उनले सबै शाखा प्रबन्धकहरूलाई केसीसी सँगसँगै डिजिटल साक्षरता मिशनमा साक्षरता मिशन अभियान सुरु गर्नको निम्ति सबै ग्राम पञ्चायत यूनिटहरूको भ्रमण गर्नु पर्ने अपील गरे। यसै क्रममा लिड ब्याङ्कका प्रबन्धक कालोल भट्टचार्यले यस योजना अन्तर्गत किसानहरूले पाँच वर्षको निम्ति चार प्रतिशत व्याजको दरमा तीनलाखसम्म ऋण पाउन सक्ने अवगत गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement