सभासद श्याम शेर्पाद्वारा मजुवा प्राथमिक पाठशालाको अनि सहयोग प्रदान

IMG-20231012-WA0287.jpg

खरसाङ: २८ नम्बर खरसाङ देवराली समष्टि अन्तर्गत मजुवा प्राथमिक पाठशालामा क्षेत्रीय सभासद श्याम शेर्पाले निरीक्षण गरेर सहयोग गरेका छन्। यसावधि सभासद श्याम शेर्पासित निरीक्षणमा रहेका टोलीमा नारी शक्ति समष्टी अध्यक्षा सुष्मा मुखिया, सचिवा ललिता छेत्री, युवा शक्तिबाट अनिल राई, विनोद राई, सुदिप राई, प्रेम बम्जन अन्य पाठशालाको भ्रमणमा गरेका थिए।

उक्त टोलीले स्कूलकाे निरीक्षण पनि गरेका थिए। यसावधि पाटशालाको जीर्णावस्था देखेर दु:खित बनेका थिए। हाल स्कूलमा बनिसकेको डाईनिङ्ग हलकाे कार्यदेखि असन्तुष्टि जाहिर गरेका छन्। यसावधिउनले पाठशालाकाे सबै सबै नानीहरूलाई सानो सानो उपहार साथै मिठाइहरू पनि वितरण गरेका थिए। उनले स्कूलकाे डेक्स र बेञ्चकाे अवस्था देखेर शिक्षा विभागमा पहल गरिदिने वचन दिएका छन् भने स्कूलकाे लागि पाँचवटा ग्रिन बोर्ड आफ्नो निजी खर्चमा पठाईदिने वचन दिनु भएको थियो साथै शिक्षक शिक्षिकाहरुकाे लागि शिक्षक कोठा पनि बनाई दिने वचन दिएका छन्।

यसैको आधारमा उनले यस पाठशालामा पाँचवटा ग्रिन बोर्डहरू, मार्कर पेन, डस्टर पञ्चायत समिति सदस्य दिनेश तामाङ पञ्चायत सदस्या सिमा थापाको बाहुलीबाट स्कूलमा प्रदान गरिएको छ। स्कूल पक्षबाट प्रधान अध्यापक रवि खवासले उक्त सामानकाे लागि सभासद श्याम शेर्पाप्रति आभार प्रक्ट गर्दै धन्यवाद ज्ञापन गरेका छन्। यस विषयमा जानकारी गराउँदै समिति सदस्य दिनेश तामाङले भने, हाम्रो क्षेत्रीय सभासद् श्याम शेर्पाले स्कूल भ्रमणमा जुन वचन दिएका थिए उनले पूरा गरेका छन्।

सभासदले स्कूलमा सामानहरु पठाई दिएको र शिक्षकहरूका लागि टिचर्स रुम पनि शुरु गर्ने भनी आदेश दिएको बताएकालछन्। यसको साथै स्कूलकाे जीर्णावस्था साथै स्कूलकाे लागि डेक्स बेञ्चहरूकाा लागि चाढै शिक्षा विभागमा पहल गरिदिने वचन दिएको भनी पञ्चायत समिति सदस्य दिनेश तामाङले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement