मन्त्री शर्माले गरे केन्द्रीय मन्त्री नरेन्द्र सिंहसँग भेट

IMG-20220715-WA0185.jpg

बंगलोर: राज्यका कृषि एवं बागवाणी विभागीय मन्त्री लोकनाथ नेपालले आज केन्द्रिय कृषि, कृषक कल्याण मन्त्री नरेन्द्र सिंह तोमरसँग बंगलोरमा राज्यका मन्त्रीहरूको राष्ट्रिय सम्मेलनमा भेट गरे।

मन्त्री नेपालले केन्द्रिय मन्त्री तोमरलाई कृषि अनि बागवाणी क्रियाकलापसँग सम्बन्धित विविध योजनाहरूबारे जानकारी गराए। सिक्किममा केशरको खेतीबारे विस्तृत योजना रिपोर्ट पनि मन्त्री नेपालले केन्द्रिय मन्त्रीलाई बुझाए। योसँगै ठूलो अलैंची, अदुवा, हर्दी, चेरी पेपर अनि हाइड्रोपोनिक्स जस्ता मसलाजन्य खेतीहरूबारे विस्तृत योजना रिपोर्ट बुझाए। उनले सिक्किम विश्वविद्यालयद्वारा सिक्किममा केसरको खेतीमाथि अनुभवजन्य अध्ययन अनि अनुसन्धानको सकारात्मक परिणामबारे जानकारी दिए। केन्द्रको समर्थन अनि मार्गदर्शनअन्तर्गत केसर खेतीबारे कार्यलाई भविष्यको पाठ्यक्रमको माध्यमबाट कृषकहरूको अर्थव्यवस्थामा अभूतपूर्व वृद्धिलाई सकारात्मक संकेतबारे प्रकाश पारे। मन्त्री नेपालले केन्द्रिय मन्त्रीसमक्ष राज्यमा जैविक खेतीलाई बढ़ावा दिन अनि सहयोग पुऱ्याउन क्यामिकल फर्टिलाइजरहरूमा सब्सिडी उपलब्ध गराउनुपर्ने कुरामाथि जोर दिए।

केन्द्र मन्त्री नरेन्द्रसिंह तोमरले सिक्किम जस्तो पूर्ण जैविक राज्यलाई चाँड़ै वित्तीय सब्सिडी प्रदान गर्ने आश्वासन दिए। योसँगै सिक्किममा केसर खेतीको निम्ति विशेष प्याकेज आवण्टन गरिदिने केन्द्रिय मन्त्रीले वचन दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement