जलपाईगढ़ी। मुख्यमन्त्री ममता ब्यानर्जीले आज राज्यभरीका दुर्गा पूजाको भर्चुअली उद्घाटन गर्ने क्रममा जलपाईगढ़ी जिल्लाभरीका दुर्गा पूजाको पनि भर्चुअली उद्घाटन गरिन्। जलपाईगढ़ी जिल्लाको धुपगुड़ी सहित विभिन्न क्लबहरूले आफ्नो पूजा मण्डपमा पूजाको भर्चुअल उद्घाटनको तयारी सुरु गरिसकेका थिए भने जलपाईगढ़ी पातकाटा कलोनी अग्रणी संघ अनि क्लब र पुस्तकालयले दुर्गा पूजाको उद्घाटनका लागि सबै व्यवस्था गरेका थिए। प्रशासनिक सुत्रबाट थाह लागे अनुसार जलपाईगढ़ीमा कुल पुजाको संख्या ८२ छ।

उद्घाटनका लागि जलपाईगढ़ी जिल्ला पुलिस र प्रशासनका अधिकारीहरू विभिन्न पूजा मण्डप परिसरमा पहिले नै उपस्थित थिए।