खरसाङमा ड्रग्स विषयमा सचेतना शिविर सम्पन्न

IMG-20231012-WA0278.jpg

खरसाङ: दार्जिलिङ पुलिस र खरसाङ थानाको तत्वाधानमा खरसाङमा ड्रग्स सचेतनता शिविर सम्पन्न भएको छ। उक्त ड्रग्स सचेतना शिविरमा नारी सिप खरसाङले विशेष सहयोग पुराएका थिए। उक्त ड्रग्स सचेतना शिविरमा एसडीपीओ रुद्रनाथ शाहु र खरसाङ थानाका आईसी नबेन्दु सरकारले उपस्थित सबैलाई ड्रग्स विषयमा सचेतना गराएका थिए। दुवैले उपस्थित जनसाधारण साथै विद्यार्थीहरूलाई ड्रग्स विषयमा विभिन्न उदाहरण दिन्दै सचेत गराएका छन्। यस कार्यक्रममा कञ्चनजंघा उध्दार केन्द्रकी सचिव रंगु सौरियाले विशेष गरेर ड्रग्स विषयमा सचेतना गराउँदै ड्रग्सक कारणले चेलीबेटी बेचबिखनको सम्भावना रहने हुनाले ड्रग्समाथि सचेत रहनु पर्ने विषयमा वक्तव्य राखेकी थिइन्। उनले ड्रग्ससितै चेलीबेटी बेचबिखन विषयमा पनि सचेत गराएकी थिइन्। कार्यक्रममा नारी सिप खरसाङकी सभापति प्रभा छेत्री, संयोजिका सावित्री छेत्रीले पनि वक्तव्य राखेका थिए। यस सचेतना शिविरमा नारी सिप खरसाङका पदाधिकारीहरू निरा प्रधान, इन्दिरा थापा, कमला लेप्चा, भारती भुजेल, रेणुका लेप्चा पनि उपस्थित थिए।

त्यसरी नै खरसाङ टाउन पुलिस अाउट पोष्टका पुलिस अधिकारी सुशान्त प्रधान, कञ्चनजंघा उध्दार केन्द्रबाट जया ढुंगेल। किशोर छेत्री र दिपशिका छेत्री साथै पुष्परानी उच्चत्तर माध्यमिक विद्यालय र दार्जिलिङ पोलिटेक्निक्स कलेज खरसाङका विद्यार्थीहरू लगायत पुलिस अधिकारीहरू पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement