चार दिवसीय शान्ति पूजाको समापन

IMG_20220715_233026.jpg

गान्तोक: आरिथाङमा आयोजित चार दिवसीय शान्ति पूजाको समापन कार्यक्रममा राज्यका शहरी विकास एवम आवास विभाग मन्त्री अरूण उप्रेतीले सहभागिता जनाए। गत १२ जुलाईदेखि आयोजित चार दिवसीय पूजाको आज समापन भयो। आरिथाङका सम्पूर्ण जनताको सहयोगमा आयोजित यस अवसरमा मन्त्री उप्रेतीले पूजा अर्चना गर्दै राज्यबासीको शान्तिको कामना गरे। राज्यमा दिन प्रतिदिन आत्महत्याको मामिलामा वृद्धि भइरहेको घटनालाई ध्यानमा राख्दै पूजा चार दिवसीय पूजा आयोजना गरिएको हो। यसरी नै कोविडको कारण ज्यान गुमाउनेहरूको आत्माले शान्ति पावोस् भनि कामना गरिएको हो।

About Author

Advertisement