अलिपुरद्वार। राज्यभरीका पञ्जिकृत पूजा कमिटीलाई राज्य सरकारद्वारा सरकारी अनुदानको चेक वितरित गर्ने क्रममा आज अलिपुरद्वार जिल्लाको विभिन्न पूजा कमिटीहरुलाई चेक प्रदान गरियो। यस क्रममा मदारीहाट थाना अन्तर्गत ३२ वटा पूजा कमिटीहरुलाई ७०,००० रुपियाँको चेक दिइयो। बिहीबार मदारीहाट थानामा आयोजित कार्यक्रममा मदारीहाट थानाका ओसीको उपस्थितिमा पूजा कमिटीहरुलाई चेक हस्तान्तरण गरेका थिए।