सिलगढ़ी। बिहारको बक्सर नजिकै दुर्घटनामा परेको उत्तर पूर्वी एक्सप्रेस ट्रेनका यात्रुहरू दुर्घटनापछि सिलगढ़ीको न्यूजलपाईगुडी रेलवे स्टेशन ल्याई पुऱ्यायो। सबै यात्रुहरूलाई बिहीबार साँझ एक विशेष ट्रेनबाट सिलगढ़ीको न्यूजलपाईगढ़ी रेलवे स्टेशनमा ल्याइएको थियो। बुधबार भएको दुर्घटनाबारे रेल यात्रुहरुले सञ्चारमाध्यमलाई सम्बोधन गर्दै डरलाग्दो खुलासा गरेका छन्। धेरै यात्रुले घटना हिजो राति १० बजे भएको बताएका छन्। अचानक ठूलो आवाज आयो र रेलका धेरै डिब्बाहरू पल्टियो। धेरै डिब्बामा आगलागी भएको थियो भने यसबीच भाग्यले बाँचेको यात्रुहरुले बताएका छन्। आँखा अगाड़ी धेरै यात्रु घाइते भएको थियो भने उक्त रेलमा एक गर्भवती महिला पनि सवार थिईन्। उक्त घटनाले क्षेत्रमा तनाउ फैलिएको थियो। यद्यपि रेलवेले सबै प्रकारको सहयोग गरिरहेको बताईएको छ। रेलवे अधिकारीहरूले न्यूजलपाईगढ़ी रेलवे स्टेशनमा पुग्ने सबै यात्रुहरूको लागि रेलको व्यवस्था गरेको र न्यूजलपाईगढ़ी रेलवे स्टेशनमा सबै यात्रुहरूलाई खाना, पिउने पानी र प्राथमिक उपचार पनि उपलब्ध गराएको बताईएको छ। विशेष ट्रेनमा लगभग 263 यात्रु रहेको बताईएको छ।