सिक्किम राज्यमा पनि ‘कोविड भ्याक्सीन अमृत महोत्सव’ को शुभारम्भ

IMG-20220715-WA0184.jpg

गान्तोक: आजादीका अमृत महोत्सव अन्तर्गत केन्द् सरकारले देशव्यापी कोरोनाको प्रीकवशनरी भ्याक्सीन डोज लाउने अभियान आजदेखि शुरु गरेको छ। यसै अभियान अन्तर्गत सिक्किममा पनि आजदेखि शुरुआत भएको छ। आज गान्तोक नगरनिगमका पार्षद सन्दिप मालु अनि पार्षद डिकी ल्हमु लेप्चाले ठाकुरबाड़ी केन्द्रमा कोविड भ्याक्सिन ड्राइभको उदघाटन गरे। उक्त अवसरमा स्वास्थ्य विभागका अतिरिक्त निर्देशक छिरीङ डोमा लगायत स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो।

ज्ञात रहोस् प्रीकवशनरी भ्याक्सीन डोज लाउने अभियान आगामी ७५ दिनसम्म राज्यको विभिन्न केन्द्रहरूमा चल्नेछ। १८ वर्षभन्दा माथिकाहरूले दोस्रो खोप लगाएको ६ महीना भए उक्त केन्द्रहरूमा गएर कोरोनाको खोप लगाउन सक्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement