युवतीको असामान्य मृत्यु, परिवारले पतिमाथि लगायो हत्याको आरोप

IMG-20230528-WA0320-5-300x172-4

कोचबिहारः एक युवतीको असामान्य मृत्यु भएको छ। परिजनहरूले मृतकको पतिमाथि हत्याको आरोप लगाएका छन्। घटना बिहिवार बिहान कालचिनी ब्लकको मेचपाड़ा चिया कमानको हो। मृत युवतीको नाम सबनम उरावँ (२४) बताइएको छ। घटनापछि कालचिनी थाना पुलिस घटनास्थलमा पुग्यो र शवलाई पोस्टमार्टमको निम्ति पठायो।

परिजनहरूले आरोप लगाए, सबनमको पाँच महिनाअघि बिहे भएको थियो। तबदेखि उसको पतिले उसलाई प्रताड़ित गरिरहेको थियो। जसको सबनमले डटेर सामना गरिरहेकी थिइन्। उसले आत्महत्या गर्न सक्दिनन्, उसको हत्या भएको हो। यद्यपि, पुलिसले यस सम्बन्धमा अहिलेसम्म कुनै शिकायत दर्ता नगरिएको बताएको छ। शिकायत दर्ता भएपछि हत्याको जाँच शुरू गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement