कोलकाताः पश्चिम बंगालको वैश्विक पहिचान बनिसकेको दुर्जा पूजाका पण्डालहरूको उद्घाटन आज बिहिवारदेखि नै शुरू भइरहेछ। यद्यपि, अहिले देवी पक्ष शुरू भएको छैन तर मुख्यमन्त्री ममता ब्यानर्जीले पितृपक्षमै भर्चुअली पूजा पण्डालहरूको उद्घाटन गर्नेछिन्। यस रेसमा भाजपा पनि पछि रहन चाहन्न। प्रदेश भाजपाको तर्फबाट केन्द्रका ठूला नेताहरूलाई दुर्गा पूजा पण्डालको उद्घाटनको निम्ति चिट्ठी लेखिएको थियो। सूत्रहरू अनुसार, पार्टी अध्यक्ष जेपी नड्डा बंगाल आउनेछन्।
भाजपाले लामो समयदेखि कोलकाता र वरिपरिका क्षेत्रहरूमा दुर्गा पूजा आयोजनमा सत्तारूढ़ तृणमूलको विशेष उपस्थितिलाई चुनौती दिने योजना बनाइरहेछ। २०२१ मा तत्कालीन राज्यपाल जगदीप धनखड़ले मध्य कोलकातामा भाजपा पार्षद सजल घोषको अगुवाईमा आयोजित सन्तोष मित्रा स्क्वायर पूजा मण्डपको उद्घाटन गरेका थिए। गत वर्ष विपक्षका नेता शुभेन्दु अधिकारी र प्रदेश भाजपा अध्यक्ष सुकान्त मजूमदारले उद्घाटन गरेका थिए।
भाजपा सूत्रहरू अनुसार, यस पाली नड्डा पूजाको उद्घाटन गर्न आइऱहेका छन्। यस बाहेक पार्टीका राष्ट्रिय अध्य़क्ष उत्तरी कोलकाताका धेरै पूजा स्थलहरूमा जाने कार्यक्रम छ। यद्यपि, नड्डा शहरमा कुन-कुन पूजा पण्डालहरूमा जानेछन्, यसको अन्ति सूची अहिले तयार भएको छैन।
-हिस