भागोप्रमो खरसाङ टाउन कमिटीद्वारा टिस्टामा पुगेर श्रमदान

IMG-20231012-WA0266.jpg

खरसाङ: आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीको पदाधिकारीहरूले टिस्टामा पुगेर प्राकृतिक आपदामा परेका घरमा श्रमदान गरेका छन्। उक्त श्रमदानको कार्यमा भागोप्रमो खरसाङ टाउन कमिटीको कार्यवाहक सभापति सन्दिप बल, कार्यवाहक सचिव बीरबल पाख्रिन, सह सचिव सञ्जय मुखिया, सांगठनिक सचिव रञ्जन गजमेर, कोषाध्यक्ष राजेन प्रधान, कार्यकारिणी सदस्यहरु क्रमैले सन्तोष परी, श्याम प्रधान र रामु राउत श्रम दान गर्नको निम्ति टिस्टा परिसरमा पुगेका थिए। गत ४ अक्टोबर टिस्टामा बाढले प्रभावित इलाकामा ग‌एर बालुवीले रुरेको एउटा घरको सर सफाई गर्न श्रमदान गरिएको छ। टिस्टामा प्रभावित मानिसहरूको संकटको घढीमा भागोप्रमो अध्यक्ष साथै जीटीए प्रमुख अनित थापा टिस्टा क्षेत्रमा मै छन्। यसै क्रममा भागोप्रमो खरसाङ टाउन कमिटीको पदाधिकारीहरू पनि प्राकृतिक प्रकोपको चपेटमा परेका मानिसहरूको मनोबल बढाउन साथै केन्द्रीय अध्यक्ष अनित थापाको सोचलाई आत्मसाथ गर्दै मानव सेवालाई शिरोपर गरी ‘प्रार्थना गर्ने ओठहरुभन्दा सेवा गर्ने हातहरु उत्तम’ भन्ने भनाईलाई आत्मासाथ गर्दै यो श्रमदान गरिएको भनी खरसाङ टाउन कमिटीको कार्यवाहक सचिव बीरबल पाख्रीनले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement