गुवाहाटी: मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शहरहरूमा जाम हुने पानीलाई रोक्नु कुनैपनि सरकारको हातमा छैन भनेका छन्। शहरमा जमा भएको पानीलाई कति छिटो निकालिन्छ, यसले सरकारको दक्षता बताउँछ।
उनले आज पत्रकारहरूसित कुराकानीमा भने, दिल्ली, मुम्बई यहाँसम्म कि न्यूयार्कमा पनि पानी जमा हुन्छ। धेरै पानी पर्दा शहरहरूमा पानी जमा हुनु साधारण कुरा हो। यसलाई कसैले रोक्न सक्दैन। प्रकृतिको कहरलाई रोक्नु कुनैपनि सरकारको निम्ति असम्भव हो। जब म असमको शहरी विकास मन्त्री थिए, तब गुवाहाटीमा ७ दिनसम्म पानी जमा हुनेगर्थ्यो। तर आज ४ घण्टाभित्र गुवाहाटी शहरको पानीलाई बाहिर निकालिन्छ। सरकारले केवल यही गर्नसक्छ, यस बाहेक सरकारको हातमा केहीपनि छैन।