फ्रान्ससित अन्तरिक्ष, साइबर औ आर्टिफिशियल इन्टेलिजेन्सको सहयोगमाथि चर्चा सम्पन्न

rajnath_37.jpg

पेरिसमा समकक्ष सेबेस्टियन लेकोर्नुसित भयो ५औं वार्षिक रक्षा वार्ता

फ्रान्सको रक्षा मन्त्रालयमा राजनाथ सिंहलाई गार्ड अफ् अनर दिइयो

नयाँ दिल्ली: दुई युरोपेली देशको यात्राको अन्तिम दिन रक्षामन्त्री राजनाथ सिंहले पेरिसमा आफ्नो फ्रान्सेली समकक्षसित ५औं वार्षिक रक्षा वार्ता गरे।

वार्तामा रक्षा औद्योगिक सहयोगलाई बढ़ाउने विषयमाथि ध्यान दिनका साथै अन्तरिक्ष, साइबर औ आर्टिफिशियल इन्टेलिजेन्स जस्ता विशिष्ट डोमेनमा सम्भावित सहयोगमाथि चर्चा गरियो। बैठकपूर्व फ्रान्सेली रक्षा मन्त्रालयमा रक्षामन्त्री राजनाथ सिंहलाई गार्ड अफ् अनर दिइयो।

राजनाथ सिंहले दुई युरोपेली देशहरूको यात्राको समापनपूर्व गए ११ अक्टोबरको अबेर राती पेरिसमा फ्रान्सेली सशस्त्र बलहरूका मन्त्री सेबेस्टियन लेकोर्नुसित ५औं वार्षिक रक्षा वार्ता गरे। दुवै मन्त्रीहरूले रक्षा औद्योगिक सहयोगलाई बढ़ानेमाथि ध्यान केन्द्रित गर्नकासाथै क्षेत्रीय स्थितिको मूल्यांकनलाई लिएर दुई देशबीचको सैन्य सहयोगमाथि चर्चा गरे। मन्त्रीद्वयले हाल चलिरहेका रक्षा परियोजनाहरूको समीक्षा गर्नका साथै दुई देशका रक्षा उद्योगहरूबीच कायम सहयोगलाई अझ गहिरो बनाउने उपायहरूमाथि चर्चा गरे।

यसअघि राजनाथ सिंहले पेरिस नजिक गेनेविलियर्समा सफरान इञ्जिन डिभीजनको अनुसन्धान एवं विकास केन्द्रको भ्रमण गरे। भ्रमणावधि सिंहले एयरो-इञ्जिन प्रौद्योगिकीमा नवीनतम विकासलाई नियाले। उनले भारतसित सहयोगका योजनाहरूमाथि ध्यानकेन्द्रित गर्दै शीर्ष फ्रान्सेली रक्षा कम्पनीहरूका सीईओसित पनि भेटघाट गरे। राजनाथ सिंहले भारतमा सह-विकास औ सह-उत्पादनका फाइदाहरूमाथि प्रकाश पारे जसमा तेस्रो देशहरूको निर्यातका सम्भावनाहरू पनि सामेल छन्। उनले भारतीय समुदायहरूसित पनि बातचित गरे।

राजनाथ सिंहले आफ्नो दुई देशको भ्रमणको पहिलो चरणमा रोममा इटलीका रक्षा मन्त्री गुइडो क्रोसेटोसित बातचित गरे। सुरक्षा औ रक्षा नीति, अनुसन्धान एवं विकास, सैन्य क्षेत्रमा शिक्षा, समुद्री डोमेन जागरूकता, रक्षा जानकारी साझा गर्नु औ औद्योगिक सहयोग जस्ता विभिन्न रक्षा डोमेनलाई लिएर द्विपक्षीय सहयोगलाई बढ़ाउनको लागि वार्ता सम्पन्न भएपछि रक्षाको क्षेत्रमा सहयोगमाथि एक समझौतामा हस्ताक्षर गरियो। आफ्नो यात्राको क्रममा उनले रोममा इतालवी रक्षा कम्पनीहरूका सीईओ सहित अन्य शीर्ष उद्योग नेताहरूसित पनि भेट गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *