दार्जीलिङ: पिडित पत्रकारहरूले दर्ता गरे को एफआईआरबाट भागोप्रमोको शीर्ष नेतृत्वहरूको नाम हटटाएको बरिष्ठ अधिबक्ता वीरेन्द्र रसाइलीले दावी गरे को छ। गत केही दिन अधि गेल खोलामा कालेबुङको दुई जना पत्रकारहरू मनोज बोगटी र उमेश दर्जीमाथि भागोप्रमोको कार्यकर्ताहरूले कुटपीट गरेको थियो। धाइते पत्रकारहरूले कालेबुङ थानामा आफुहरूमाथि भएको घटनामा भागोप्रमोको शीर्ष नेतृत्वहरू पनि सामेल रहेको बताउँदै उनीहरू विरूद्व एफआईआर दर्ता गरेको थियो तर आज आफुहरूले दर्ता गरिएको एफआईआरमाथि अन लाइन जाँच गर्दा एफआईआरबाट भागोप्रमोको शीर्ष नेतृत्वहरूको नाम हटटाएको पाए अनि पार्टीको तीन जना साधारण सदस्यहरूको नाम उलेख रहेको आफुले भेटटाएको अधिबक्ता रसाइलीले बताए। तिनले अधि भने जब कुनै पनि पिडित ब्यक्तिहरू आफुमाथि भएको अन्याय र अत्यचार बारेमा न्याय मांग्न पुलिस थानामा नै जाने गर्छन तर पुलिस प्रशासनले नै यस्तो प्रकारको कार्य गर्छ भने हामी न्याय मांग्न कहा जाने अधिबक्ता रसाइलीले प्रश्न तेर्साए। तिनले अझ भने आफु एक अधिबक्ता भएको नातमा आफुहरूको सुरक्षामा बार ऐसोसिएशन रहेको छ,त्यसरी नै पत्रकारहरूको पनि आ आफ्नो संगठनहरू छन्। आज कालेबुङ दुई जना पत्रकार मनोज र उमेशमाथि जस्तो प्रकारको कुटपीट भएको छ अनि उनीहरूले गरेको एफआईआरमा भागोप्रमोको शीर्ष नेतृत्वहरूको नाम हटटाउने कार्य भएको छ, यस बारे के कस्तो कदम उठाउनु पर्ने हो, त्यो तपाईहरूको विषय हो’ अधिबक्ता रसाइलीले भने। तिनले अधि भने गत दिन मात्र भागोप्रमो अध्यक्ष एंव जीटीए चीफ अनित थापाले एक मिडिया रिपोर्टमा पत्रकारहरूमाथि भएको घटनाको आफुहरूले घोर विरोध जनाएको बताएका छन् तर आफसोस, आज उनकै पार्टीको नेतृत्वहरूले कालेबुङ थानामा पत्रकार मनोज बोगटी र उमेश दर्जीले हात हतियारसंग हिडने गरेको जस्ता झूठो आरोपहरू लगाउँदै एफआईआर दर्ता गरेको अधिबक्ता रसाइलीले बताए।