गोरूबथान: सिलगढी ग्रेटर लायन आई हस्पिटलको आयोजनामा बिहीबार अम्बियोक उच्चत्तर माध्यमिक विद्यालयमा आई केयर फर चिल्ड्रेन कार्यक्रम सम्पन भयो। मिशन रोशनी नामक यस कार्यक्रममा लायन क्लब सिलगढीका आँखा विशेषज्ञहरूको एक टोली आएर विद्यालयका पाँचौंदेखि बाह्रौँ कक्षासम्मका विद्यार्थीहरूको आँखा जाँच गरियो। जाँच अवधि भेटाइका आँखाका रोगीहरूलाई सरकारी पक्षबाट लायन आई हस्पिटलले नि:शुल्क चश्मा उपलब्ध गराउनेछ।
विद्यार्थी नानीहरू भविष्यमा आँखा सम्बन्धी कुनै गम्भीर समस्यामुखिन नपरोस् भन्ने उद्देश्यले सरकारद्वारा मिशन रोशनी कार्यक्रम शुरु गरिएको छ। उत्तर बंगालमा यसको जिम्मा लायन आई हस्पिटलले लिएको छ। यो कार्यक्रम विशेष सरकारी विद्यालयका नानीहरूको निम्ति मात्र हो। प्राप्त जानकारी अनुसार एक वर्षभित्रमा यो कार्यक्रम पूरा गरिने लक्ष्य राखिएको छ। शिक्षक प्रभारी ललित राईले दिएको जानकारीअनुसार यो विभागीय रुपमै आएको निर्देश भएकोले विद्यालयले कार्यक्रम आज तय गरेको हो। आजको कार्यक्रमले विशेष आँखाको समस्या हुने विद्यार्थी नानीहरूलाई धेरै लाभ भएको शिक्षक प्रभारी राईले बताए।