यस वर्षको चालक दिवस ऐतिहासिक रूपमा पालन गरिने छः मन्त्री सञ्जीत खरेल

IMG-20220715-WA0183.jpg

गान्तोक: आगामी २७ जुलाईको दिन पालन गरिने राज्यस्तरीय चालक दिवस तयारीलाई लिएर आज एक समन्वय सभा सम्पन्न भयो। यातायात विभाग मन्त्री सञ्जीत खरेको अध्यक्षतामा बसेको सभामा राज्यका ६ वटा जिल्लाका ट्याक्सी चालक संगठनका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए। उक्त बैठकमा चालक दिवस कार्यक्रमलाई कसरी भव्यरूपमा सफल गराउने भन्नेबारेमा चर्चा परिचर्चा भयो। सबै जिल्लाका चालक संघका प्रतिनिधिहरूले चालक दिवसलाई कसरी सफल तुल्याउनु सकिन्छ भन्नेबारेमा आ-आफ्नो मन्तव्य राखेका थिए। सभालाई सम्बोधन गर्दै मन्त्री सञ्जीत खरेलले उक्त कार्यक्रमलाई सफल तुल्याउनको निम्ति सबैले आ-आफ्नो जिम्मेवारी इमान्दारपूर्वक निर्वाह गर्ने आग्रह गरे। उक्त कार्यक्रममा राज्यको प्रत्येक जिल्लाबाट एक एक जना उत्कृष्ट चालकलाई बोलेरो प्रदान गरिने भएको छ। सोही प्रकारले चालक वेलफेयर बोर्डको घोषणा मुख्यमन्त्री तामाङले उक्त दिन गरिने उनले थप जानकारी गराए। उक्त दिन चालक वेलफेयर बोर्ड गठन गरिने भएको छ। यसरी नै बोर्ड सञ्चालनको निम्ति एक अध्यक्ष र ६ जना उपाध्यक्षको पनि घोषणा गरिने उनले थप जानकारी गराए। यो पालीको चालक दिवस अन्य वर्षको तुलनामा छुट्टै प्रकारले गरिने योजना बनाएको मन्त्री खरेलले थप जानकारी गराए। राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले चालकवर्गलाई धेरै माया गर्दै आइरहेको किटान गरे। एसकेएम पार्टी सरकारमा आएपछि चालकवर्गको हितमा धेरै काम गरिरहेको र निकट भविष्यमा पनि गरिरहने आश्वासन दिए। सरकारले गरीब चालकहरूलाई आत्मनिर्भर बन्नको निम्ति वाहन उपलब्ध गराउँदै आइरहेको छ। देशको कुनै राज्यमा पनि यस प्रकारको सुविधा चालकवर्गलाई नदिएको उनले दावी गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement