उत्तर दिनाजपुर जिल्ला पुलिसको पहलमा अन्तर्राष्ट्रिय सुन तस्करी गिरोहको पर्दाफास

IMG-20231012-WA0179.jpg

५ किलो सुनसहित एकजना पक्राउ।

उत्तर दिनाजपुर। उत्तर दिनाजपुर कस्टम विभागले पाँच किलो सुनसहित अन्तर्राष्ट्रिय सुन तस्करी गर्ने गिरोहका एक सदस्यलाई पक्राउ गरेको छ। गोप्य सुत्रबाट प्राप्त सूचनाका आधारमा दालखोला नाकामा जाँच गर्ने क्रममा नेपाल निवासी एक व्यक्ति पक्राउ परेका छन् भने उनी निजी बसमा यात्रा गरिरहेका थिए। कस्टमले उनको झोलाबाट ५ वटा सुनको सिक्का बरामद गरेको बताइएको छ। पक्राउ परेका व्यक्ति नेपाल निवासी र उनको नाम मुन्ना शर्मा बताईएको छ। रायगञ्ज कस्टमले उनलाई बुधबार रायगञ्ज अदालतमा पेस गरेको थियो भने अदालतले पक्राउ परेकालाई जेल हिरासतमा राख्न आदेश दिएको छ। कस्टम विभागका अधिकारी आशिष सरकारले बताए अनुसार गोप्य सुत्रबाट प्राप्त सूचनाका आधारमा मङ्गलाबार राती दालखोला र रायगञ्ज कस्टम विभागले दालखोलामा संयुक्त जाँच गरिरहेको थियो ठीक त्यही बेला सिलगढ़ीबाट बिहारको मोतिहारी जाँदै गरेको बसबाट कस्टम विभागले ती व्यक्तिलाई पक्राउ गरेको थियो। उनको झोलाबाट एक केजी तौलका पाँच टुक्रा सुन बरामद भएको थियो।

अधिकारीहरूले पक्राउ परेका व्यक्ति विरुद्ध सीमा शुल्क अधिनियमको धारा ११० अन्तर्गत मुद्दा दर्ता गरेका छन्। कस्टम विभागले अनुसन्धानका लागि यो भन्दा बढ़ी जानकारी दिएको छैन। बुधबार रायगञ्ज अदालतले पक्राउ परेकालाई जेल हिरासतमा राख्न आदेश दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement