नयाँ दिल्ली: भारतीय कप्तान रोहित शर्मा एक दिवसीय विश्वकपमा सबैभन्दा बढी औसत रन बनाउने ब्याट्सम्यान बनेका छन्। एक दिवसीय विश्वकपमा कम्तीमा १ हजार रन बनाउने खेलाडीमध्ये रोहित शर्माको ब्याटिङ औसत सबैभन्दा धेरै छ। रोहित शर्माभन्दा सचिन तेन्दुलकर र भिभ रिचर्ड्स जस्ता दिग्गजहरू पनि सूचीमा छन्। भारतीय कप्तानले एकदिवसीय विश्वकपमा ६५.२ को औसतमा रन बनाएका छन्।
दोस्रो स्थानमा दक्षिण अफ्रिकाका दिग्गज ब्याट्सम्यान एबी डिभिलियर्स छन्, जसले ६३.५ को औसतमा रन बनाएका छन्। त्यसपछि वेस्ट इन्डिजका पूर्व ब्याट्सम्यान भिभ रिचर्ड्स तेस्रो, अस्ट्रेलियाका वर्तमान ब्याट्सम्यान डेभिड वार्नर चौथो र सचिन तेन्दुलकर पाँचौं स्थानमा छन्। एक दिवसीय विश्वकपमा भिभ रिचर्ड्सले ६३.३ को औसतमा रन बनाएका छन्, डेभिड वार्नरले ६०.८ को औसत र सचिन तेन्दुलकरले ५७ को औसतमा रन बनाएका छन्। एकदिवसीय विश्वकपमा उच्चतम ब्याटिङ औसत (कम्तीमा १,००० रन)l ६५.२- रोहित शर्मा,
६३.५- एबी डिभिलियर्स, ६३.३ – भिभ रिचर्ड्स, ६०.०८ – डेभिड वार्नर, ५७.०- सचिन तेन्दुलकर।
भारतीय कप्तान रोहित शर्माले विश्वकप २०२३ मा बंगलादेशविरुद्ध खेलेको खेलमा १३१* रनको इनिङ खेलेका थिए। यो इनिङ्सका कारण उनी एक दिवसीय क्रिकेटमा १ हजार रन पुरा गर्न सफल भए। योसँगै उनी विश्वकपमा सर्वाधिक ७ शतक प्रहार गर्ने ब्याट्सम्यान पनि बनेका छन्। यससँगै बंगलादेशविरुद्धको खेलबाट रोहितले अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी छक्का प्रहार गर्ने कीर्तिमान पनि बनाएका छन्।