सिलगढ़ीमा लटरी व्यवसायीको घर र कार्यालयमा आयकर छापा

IMG-20231012-WA0177.jpg

सिलगढी: आयकर अधिकारीहरूले सिलगढ़ीमा एउटा लटरी कम्पनी मालिकको घर र कार्यालयमा छापा मारेका छन्। आयकरले बिहीबार बिहान डाबग्राम स्थित ती व्यक्तिको घर र एसएफ रोडको कार्यालयमा छापा मारेको थियो। बिहान ७ बजेदेखि यो अपरेशन गरिएको थियो। व्यावसायीको डाबग्राम क्षेत्रमा तीनवटा घर रहेको बताईएको छ। सिलगढ़ी पार्क नजिकैका घरमा छापा मारिएको थियो।

मतिगढा आयकर कार्यालयका चार अधिकारीले दुई ठाउँमा छापा मारेका छन्। त्यहाँ आयकर अधिकारीहरूसँगै सिआरपिएफका कर्मचारीहरू पनि थिए।अर्कोतर्फ आयकरको छापा मारेको खबर पाएलगत्तै चिठ्ठा व्यवसायीका वकिल उनको घर पुगेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement