इजरायलबाट नेपाल आइपुगिन् फुटबलर सावित्रा

Screenshot_20231012_150509_Dailyhunt.jpg

काठमाडौं: व्यावसायिक फुटबल खेल्न इजरायल पुगेकी नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारी साम्बा स्वदेश फर्किएकी छन्। सावित्रा बुधबार राति इजरायलबाट नेपाल फर्किएकी हुन्। उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेस शाहले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।सावित्रा यसै सिजन इजरायली क्लब हापोएल रानानामा अनुबन्ध भएकी हुन्। एसियाली राष्ट्र भएपनि युरोपेली फुटबल महासंघमा आबद्ध भएकोले सावित्रा युरोपियन लिगमा खेल्ने पहिलो नेपाली खेलाडी समेत हुन्। अहिले हमासको आक्रमणका कारण इजरायलमा घरेलु तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गरिएको छ। त्यसैले सावित्रा घर फर्किएकी हुन् ।हमासको आक्रमणमा १० नेपालीको मृत्यु भइसकेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *