बिहार रेल दुर्घटना: ५ जनाको मृत्यु, ७० भन्दा अधिक घाइते

Bihar-Train-Accident.jpeg

पटना: बिहारको बक्सर जिल्ला अधिनस्थ रघुनाथपुर रेलवे स्टेशन नजिक गए राति ९:३५ बजे आनन्द विहारदेखि असमको कामख्यासम्म जाने नर्थ ईस्ट एक्सप्रेस (गाड़ी संख्या २५०६) दुर्घटनाग्रस्त भयो। यस दुर्घटनामा पाँचजमा मानिसहरूको मृत्यु भएको अनि ७० भन्दा अधिक घाइते भएको पुष्टि गरिएको छ। बक्सरका जिल्लाधिकारी अंशुल अग्रवालले चारजना मानिसहरूको मृत्यु भएको पुष्टि गरेका छन् भने राहत कार्यमा जुटेका पुलिसले थप एउटा शव भेटेपछि मृतकहरूको संख्या पाँच पुगेको छ। भोजपुरका जिल्लाधिकारी राजकुमारले दुर्घटनामा ७० जना यात्रीहरू घाइते भएको बताएका छन् भने प्रत्यक्षदर्शीहरूले लगभग सयजना यात्रीहरू घाइते भएको बताएका छन्।

पूर्व मध्य रेलवेका जीएम अनुपम शर्माले बताए, दुर्घटनाग्रस्त ट्रेनका यात्रीहरूलाई उनीहरूको गन्तव्यसम्म पुऱ्याउनका लागि वैकल्पिक व्यवस्था गरियो। घटनास्थलमा एउटा रेललाई पुऱ्याइयो जसको माध्यमबाट नर्थ ईस्ट एक्सप्रेसका यात्रीहरूलाई उनीहरूको गन्तव्यसम्म पुऱ्याउने व्यवस्था गरियो। जीएम अनुपम शर्मा र दानापुर रेल मण्डलका डीआरएम जयन्त कुमार चौधरी दलबल सहित घटनास्थलमा तैनाथ छन्। राहत कार्य जारी छ। राहत यान, रेस्क्यू ट्रेन क्रेन तथा मेडिकल टीमले घटनास्थलमा लगातार काम गरिरहेको छ। एनडीआरएफ-एसडीआरएफका टीमहरू पनि घटनास्थलमा पुगेर राहत कार्यमा जुटिसकेका छन्।

राज्यका उपमुख्यमन्त्री तेजस्वी यादवले ट्वीट गरी भने, स्वास्थ्य एवं आपदा प्रबन्धन विभाग बिहारका अतिरिक्त मुख्य सचिव प्रत्यय अमृतले नियन्त्रण कक्षमा स्वास्थ्य एवं आपदा प्रबन्धन विभागका अधिकारीहरूसित राहत एवं बचाउ कार्य सहित अन्य सबै व्यवस्थाको निगरानी गरिरहेका छन्। अस्पताल अलर्ट छ। वाहनहरूको लागि जिल्लालाई टोल फ्री गरिएको छ।

यस रूटका कतिपय ट्रेनहरूलाई रोकियो भने कतिलाई डायभर्ट गरियो

पूर्व मध्य रेलवेका सीपीआरओले बताए, दुर्घटनापछि यस रूटका सबै ट्रेनहरूलाई वरपरका स्टेशनहरूमा रोकिएको छ। कतिपय ट्रेनहरूको रूट डायभर्ट गरिएको छ। दुर्घटनाका कारणहरू अहिलेसम्म पत्तो लागेको छैन। यो दुर्घटना हुनपूर्व पटना-दिल्ली राजधानी एक्सप्रेस, सम्पूर्ण क्रान्ति, औ राजेन्द्रनगर अजमेर जियारत एक्सप्रेस यहाँबाट गुज्रिसकेको थियो। यस अवस्थामा तकनिकी विशेषज्ञहरूले प्वाइन्ट फेल्योर भएको हुनसक्ने अनुमान लगाइरहेका छन्। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement