दार्जीलिङ: चिया श्रमिकहरूलाई न्याय दिलाउन अब पहाडको राजनैतिक दलहरू एकबद्ध भएर लडने भएको छ। गत केही दिन अघि पेशोक चिया बगानको श्रमिकहरूलाई निर्माण गरिएको घरहरू हटाउन भन्ने नोटिस जारी गरेको थियो उक्त विषयलाई लिएर आज हाम्रो पार्टीको अध्यक्ष अजय एडवार्डस, खरसाङ विधानसभा समष्टिको भाजपा विधायक वीपी वजगाई,क्रामाकपा केन्द्रीय प्रबक्ता अरूण घतानी आदि पेशोक चियाकमान पूगेका थिए। स्थानीय मानिसहरूले यी नेतृत्वहरूलाई खदा लगाएर स्वागत जनाए। स्थानीय मानिसहरूको भीडलाई हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले तपाईहरूलाई आफ्नो घर र जमीनबाट कसैले पनि निकाल्न सक्दैन भन्ने वचन दिन्दै आफुले यस विषयमाथि जिल्ला प्रशासनिक अधिकारीसँग तीन तीन चोटी बात गरिसकेको छु अनि मैले जिल्ला प्रशासनिक अधिकारीलाई चिया श्रमिकहरूलाई आफ्नो घर जमीनबाट हटाउने प्रयास गरिएको खण्डमा अशान्ती हुन सक्छ, गन्डा गोल हुन सक्छ,त्यसकारण यस्तो कदम उठाउनु हुँदैन भन्ने आफुले जिल्ला प्रशासनिक अधिकारीलाई जनाएको अध्यक्ष एडवार्डसले दोहोराए। तिनले अझ भने जिल्ला प्रशासनिक अधिकारीले आफुलाई त्यस्तो कदम उठाउँने छैनौ भन्ने वचन दिएको पनि अध्यक्ष एडवार्डसले बताए। बातचितको क्रममा अध्यक्ष अजय एडवार्डसले अझ भने, पेशोक चिया बगानमा मात्र होइन पहाडको कतिपय चिया बगानहरूमा पनि यस्तै नोटिस जारी गरिएको खबरहरू छ। पहाड तराई डुवर्स कुनै पनि चिया कमानहरूमा चिया श्रमिकहरूलाई नोटिस जारी गरेर घर अनि जमीन छोडने दबाव बनाउँछ भने एंव कोशिष गर्छ भने हामी चूप लागेर बस्ने छैनौ। पहाडको सवै राजनैतिक दलहरू एकबद्ध भएर यस्तो कार्यहरूको घोर विरोध जनाउनेछ अध्यक्ष एडवार्डसले भने। तिनले अझ भने, चूनाव २६ जूनमा नै सकियो, त्यसकारण हाम्रो यस कदमलाई कसैले पनि राजनैतिक चश्माले नहेरी दिने अध्यक्ष एडवार्डसले बताए। पेशोक चिया कमानको बासिन्दाहरूले बगान बन्द भएपछि मोमो,चमिन आदि जस्ता खाध्य समाग्रीहरूको विक्री गरेर आफ्नो धर परिवारहरूको पालन पोषण गर्दैछ। हाम्रो मान्छेहरू भू माफिया होइन अध्यक्ष एडवार्डसले भने। त्यसरी नै खरसाङ विधानसभा समष्टिको भाजपा विधायक वीपी बज्रगाईले यहाको रैथानेहरूलाई धर जमीनबाट निकाल्ने प्रयास गर्छ भने मेरो शरीरमाथि बुल्डोर चढाएर लानु पर्छ भन्ने चेताउनी दिए। त्यसरी नै क्रामाकपा प्रबक्ता अरूण घतानीले पनि चिया श्रमिकहरूको समस्यालाई सवै राजनैतिक दलहरू एकबद्ध भएर लडनू पर्ने आहवान गऱ्यो।