रानीगञ्ज कोइला खानी दुर्घटनामा तीन श्रमिकको शव भेटियो

IMG-20230410-WA0169-11-300x172-3

कोलकाताः पश्चिम बंगालको कोइलांचल क्षेत्र आसनसोलको रानीगञ्जमा एक पल्ट फेरि दुर्घटनामा मजदूरहरूको ज्यान गएको छ। यहाँ कोइला खानी भासिन्दा तीनजना श्रमिक मरिसकेका छन्। यो दुर्घटना रानीगञ्जमा ईसीएलको कुनुस्तारिया क्षेत्रमा नारायणकुडी ओपन पिट कोइला खानीमा भएको हो।

स्थानीय मानिसहरूले दाबी गरेका छन्, बुधवार दिउँसो नारायणकुडी खानी भासिएको थियो। बिहिवार मजदूरहरूको शव भेटिएको छ। पुलिस अनुसार, रातभरि अपरेशन चलेपछि तीन मजदूरको शव फेला पारियो।

आसनसोल-दुर्गापुर पलिस कमिश्नरेटका डीसी (सेन्ट्रल) एसएस कुलदीपले जानकारी गराए, बिहानै तीन शव फेला परेको छ। ती शवहरूलाई पोस्टमार्टमको निम्ति आसनसोल जिल्ला अस्पताल पठाइँदैछ। पुलिस सूत्रहरू अनुसार, घटनाको जाँच शुरू भएको छ। आसनसोल दक्षिणबाट भाजपा विधायक अग्निमित्रा पाल बुधवार रातभरि दुर्घटनाग्रस्त खानी नजिक उपस्थित थिइन्।

उनले भनिन्, बचाउ कार्य पूरा हुञ्जेलसम्म उनी यही रहनेछिन्। बिहानै शव फेला परेपछि अग्निमित्रा खानी क्षेत्रबाट फर्किन्। उनले दाबी गरिन्, खानीबाट धेरै शव फेला पारिएको छ। साथै उनले घटनामा ईसीएल र पुलिसको भूमिकामाथि पनि प्रश्नचिह्न खड़ा गरिन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement