आशाबारी चियाबारीका श्रमिकहरूले पाए पुजा बोनस

WhatsApp-Image-2023-10-12-at-13.22.23-1-e1697098447360

मालबजार: कोलकत्ताको बंगाल चेम्बर्स अफ कमर्समा मंगलबार बिहान ११ बजीदेखि साढे १० बजीसम्म बसेको बैठकपछि चिया मजदुरलाई १९ प्रतिशत बोनस दिने विषयमा सहमति भएको छ। बोनस घोषणा भएको २४ घण्टा नबित्दै, गेटवे टु डुवर्सका आशाबारी चियाबारीका श्रमिकहरूले अनलाइन खातामा बोनस रकम प्राप्त गरे। सम्झौताअनुसार करिब १६ सय चिया मजदुरलाई १९ प्रतिशत बोनस दिइएको आशाबारी चियाबारीका वरिष्ठ प्रबन्धक राजकुमार मण्डलले बताए। बुधबार साँझदेखि नै चिया मजदुरलाई अनलाइन माध्यमबाट पूजा बोनस उपलब्ध गराइएको आशाबारी तृणमूल चिया बगान मजदुर युनियनका सचिव अर्जुन शर्माले बताए। बोनस पाएपछि चिया मजदुरहरू खुसी भएका छन्। दुर्गा पूजाको लागि प्राप्त भएको बोनसको रकमबाट चिया मजदुरले आफ्ना छोराछोरीका लागि नयाँ कपडा आदि खरिद गर्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement