बक्सर: अहिलेको ठूलो खबर बिहारको दिल्ली-हावडा रेल मार्गमा १२५०६ उत्तर पूर्व एक्सप्रेस पटरीबाट खसेको छ। रेलका धेरै बोगी पटरीबाट खसेका छन्। दुईवटा बोगी पल्टिएका छन्। दुर्घटनामा ४ यात्रीको मृत्यु भएको छ। अहिलेसम्म ७० भन्दा बढी घाइतेलाई अस्पताल पठाइएको छ। घाइतेको संख्या अझै बढ्न सक्छ। बुधबार राति ९ः३५ बजे बक्सर–आरा बीचको रघुनाथपुर नजिक दुर्घटना भएको हो। ट्रेन दिल्लीबाट गुवाहाटी जाँदै थियो।
पटना, आराह, बक्सरका रेलवे उद्धार टोली र बक्सर र आरा जिल्लाका अधिकारीहरू घटनास्थलमा पुगेका छन्। बक्सरका डीएम अंशुल अग्रवालका अनुसार अहिलेसम्म ६० देखि ७० घाइते यात्रीलाई अस्पताल पठाइएको छ।
गाउँलेहरूको सहयोगमा उद्धार कार्य सुरु गरिएको छ। अन्धकारका कारण उद्धारमा निकै कठिनाई भइरहेको छ। कोचमा फसेका मानिसहरूलाई टर्चलाइटद्वारा उद्धार गरी अस्पताल पठाइएको छ। बिहटाबाट एनडीआरएफको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ।
हेल्पलाइन नम्बर जारी गरिएको छ
पीएनबीइ- ९७७१४४९९७१
डीएनआर- ८९०५६९७४९३
एआरए- ८३०६१८२५४२
कमर्शियल कन्ट्रोल – ७७५९०७०००४
प्रयागराज
०५३२-२४०८१२८
०५३२-२४०७३५३
०५३२-२४०८१४९
फतेहपुर
०५१८०-२२२०२६
०५१८०-२२२०२५
०५१८०-२२२४३६
कानपुर
०५१२-२३२३०१६
०५१२-२३२३०१८
०५१२-२३२३०१५
इटावा
७५२५००१२४९