सेनाका हेलिकप्टर बाढीमा फसेका मानिसहरूको निम्ति ठूलो राहत बन्दै

n5465044201697098952617842260696b2580383e4d38c92b5776fa108268e7b31c44cfd6f7326fd54966fb.jpg

गान्तोक: प्रतिकूल मौसमका कारण बुधवार राहत एवं बचाउ कार्य बाधित बनेको थियो भने मौसम अनुकूल बन्नसाथ बिहिवार बिहानदेखि भारतीय वायु सेनाका हेलिकप्टरहरू राहत एवं बचाउ कार्यमा जुटेका छन्।

आज बिहान उत्तर सिक्किमको लाचेन र लाचुङमा फसेका पर्यटकहरूलाई सकुशल उद्धार गरि गान्तोक ल्याइएको छ।

४ अक्टोबरका दिन टिस्टा नदीमा आएको भयावह बाढीले उत्तर सिक्किमलाई जोड्ने सड़क मार्ग र पुलहरू ध्वस्त बनाएपछि उत्तर सिक्किम घुम्न गएका धेरै पर्यटकहरू फसेका छन्। सेनाको हेलिकप्टरद्वारा फसेका पर्यटकहरूलाई निकाल्ने कार्य निरन्तर रूपमा चलिरहेको छ। यद्यपि, हिजो मौसम प्रतिकूल बनेकाले हेलिकप्टरद्वारा राहत एवं बचाउ कार्य बाधित बनेको थियो।

उत्तर सिक्किममा फसेका पर्यटकहरूलाई निकाल्ने भारतीय वायु सेनाले आफ्नो एमआई-१७ हेलिकप्टर र चिनूक तैनात गरेको छ। सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणले दिएको जानकारी अनुसार, पहिलो चरणमा बिहिवार बिहान लाचुङबाट १८ जनालाई रेस्क्यू गरेर राजधानीको लिबिङस्थित सेनाको हेलिप्याडमा उतारियो।

यसरी नै दोस्रो चरणमा लाचेनबाट १६ जनालाई रेस्क्यू गरियो, जसमा १० जना स्थानीय मानिसहरू, ४ जना पर्यटक र २ सेनाका जवान सामेल थिए। उनीहरूलाई पनि राजधानीको लिबिङस्थित सेनाको हेलिप्याडमा उतारियो।

सेनाको हेलिकप्टरले लाचनेबाट १६ जनालाई रेस्क्यू गरेर मंगनको रिङहिम हेलिप्याडमा उताऱ्यो, जसमा ७ जना पर्यटक र ९ जना स्थानीय मानिसहरू थिए।

यसैगरी, पाकिमस्थित सिक्किमको एकमात्र ग्रीनफिल्ड एयरपोर्टमा सेनाको हेलिकप्टरले लाचेनबाट ४५ र लाचुङबाट ४० जना फसेका मानिसहरूलाई उतारेको छ। पर्यटकहरूलाई सिक्किम सरकारको व्यवस्थामा बसद्वारा सिलगढी र गान्तोक पुऱ्याउने कार्य गरियो।

यस अघि बिहान पाकिमको ग्रीनफिल्ड एयरपोर्टबाट चिनूक हेलिकप्टरले राहत सामग्री, पुलिसकर्मी, चिकित्साकर्मी र १३ जना लाचुङ निवासीहरूलाई एयरलिफ्ट गरेर लाचुङ उडान भरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement