गान्तोक: सदर थाना क्षेत्र अन्तर्गत चिल्ड्रेन पार्कबाट पुलिसले मोहम्मद तस्लिम(४२) नामको एक व्यक्तिलाई प्रतिबन्धित नशालु पदार्थको साथमा पक्राउ गरेको छ। आरोपित शिशा गोलाई, आरिथाङ निवासी हुन्।
पुलिस अनुसार, वाहन चालक मोहम्मद तस्लिमलाई चिल्ड्रेन पार्कमा संदिग्ध स्थितिमा देखिएको सूचना प्राप्त भएको थियो। पुलिस दलले कानून अनुरुप गरेको छानबिनको क्रममा आरोपित व्यक्तिको वाहनबाट ७५ वटा थैलोमा गॉंजा भेटियो। पुलिसले आरोपित व्यक्तिलाई पक्राउ गरेर एनडीपीएस एक्ट, १९८५ अन्तर्गत मामिला दर्ता गरेको छ।