विधानसभा अध्यक्ष उप्रेतीको आईबीएम परिसरको भ्रमण

IMG-20231011-WA0241.jpg

गान्तोक: सिक्किम विधानसभाका अध्यक्ष अरुण उप्रेतीले आज गत ४ अक्टोबरको बाढबाट भएको विनाशको समीक्षा गर्न रम्फू नजिक आईबीएम क्षेत्रको जलमग्न क्षेत्रहरूको निरीक्षण गरे। अध्यक्ष उप्रेतीसित क्षेत्र विधायक तथा शहरी विकास एवं आवास विभागीय मन्त्री एलबी दास अनि अन्य एअधिकारीहरुको पनि उपस्थिति रहेको थियो। उप्रेतीले आईबीएम क्षेत्रका ब्लकहरूमा भइरहेको जीर्णोद्धार कार्यको समीक्षा गर्दै पीडितहरुको पक्षमा आवश्यक सहयोग भइरहेको जानकारी गराए। उनले विपद्को समयमा महत्वपूर्ण सहयोग गर्न जनतालाई सहभागी रहन पनि प्रोत्साहित गरे। साथै उनले आम जनताको हितमा स्वयम्सेवा र प्रशासनलाई सहयोग गर्न आम जनतालाई अपिल गरे। आइबीएम साइटहरूमा भग्नावशेष उत्खननका लागि आरिथाङ क्षेत्रका २५० स्वयंसेवक र राज्यका विभिन्न स्थानका ३५०० स्वयंसेवक मिलेर काम गरिरहेका छन्। त्यसैगरी गोलिटार क्षेत्रमा पनि स्वयंसेवीहरुले सहयोग गरिरहेका छन्। उनले राज्य प्रशासनलाई पुनस्र्थापना कार्यमा सहयोग गर्ने सबै संघसंस्था र गैरसरकारी संस्थाको अटल सहयोगको पनि प्रशंसा गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement