गान्तोक: टिस्टा नदीको भयावह बाढीको चपेटमा परेर मर्नेहरूको संख्या ३७ पुगेको छ। यसैगरी, निखोज रहेको मानिसहरूको संख्या ७८ रहेका रहेका छन् भने ३० जना गम्भीर रूपमा घाइते बनेका छन्।
सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणको रिपोर्ट अनुसार, बुधवार सॉंझ ६ बजीसम्म मृतकहरूको संख्या ३७ पुगेको छ। मृतकहरूको सर्वाधिक संख्या पाकिम जिल्लामा रहेको छ, जहॉं अहिलेसम्म २४ जनाको मृत्यु भएको छ। मृतकहरूमा १० जना भारतीय सेनाका जवान पनि सामेल छन्। यस जिल्लामा घाइतेहरूको संख्या २१ छन् भने ३० जना निखोज छन्।
यसैगरी, गान्तोक जिल्लामा ७, मंगन जिल्लामा ४ र नाम्ची जिल्लामा २ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। घाइतेहरूको संख्या गान्तोकमा ५ र निखोज व्यक्तिहरूको संख्या २५ छन्। मंगनमा मृतकहरूको संख्या ४ र निखोज बनेका मानिसहरूको संख्या १७ छन्। नाम्चीमा २ जनाको मृत्यु भएको छ भने ६ जना निखोज छन्।