भारतले अफगानिस्तानलाई ८ विकेटले पराजित
विश्वकप २०२३ मा भारतको विजयी अभियान जारी छ। आफ्नो दोस्रो खेलमा भारतले अफगानिस्तानलाई ८ विकेटले पराजित गरेको छ। दिल्लीको अरुण जेटली स्टेडियममा भएको खेलमा अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ गरेको ५० ओभरमा आठ विकेट गुमाएर २७२ रन बनाएको थियो। कप्तान हशमतुल्लाह शाहिदीले ८० रनको इनिङ्स खेले भने अजमातुल्लाह ओमरजाईले ६२ रनको इनिङ खेले।
जवाफमा भारतले ३५ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गर्यो। कप्तान रोहित शर्माले ८४ बलमा १६ चौका र पाँच छक्का प्रहार गर्दै १३१ रनको इनिङ खेले। जबकि विराट कोहलीले ५६ बलमा ५५ रन बनाएर अविजित रहे। उनले ३५ औं ओभरको अन्तिम बलमा चौका प्रहार गर्दै टीम इन्डियालाई जित दिलाए। यो विराटको एकदिवसीय करियरको ६८ औं अर्धशतक थियो। योसँगै उनको यो लगातार दोस्रो अर्धशतक हो। विराटले पछिल्लो खेलमा अस्ट्रेलियाविरुद्ध ८५ रन बनाएका थिए। अब भारतको अर्को खेल १४ अक्टोबरमा अहमदाबादमा पाकिस्तानसँग हुनेछ।