सिलगढी: एकजना दम्पत्तिले बेरोजगारी समस्याको फाइदा उठाएर नोकरी दिलाउने तथा अन्य प्रलोभन देखाएर धेरै जनालाई ठगेको घटना सिलगढीमा प्रकाशमा आएको छ। विशेष गरेर बेरोजगार युवाहरूलाई विभिन्न सरकारी कार्यालय तथा सेनामा नोकरी लगाइदिने प्रलोभन देखाएर ठगेको एकजना दम्पत्ति विरूद्ध अभियोग उठेको छ। ठगीको शिकार बनेका एकजना व्याक्तिले अभियोग दर्ता गरेपछि ती दम्पत्तिलाई सिलगढी थाना पुलिसले गत राति कोर्ट मोड़बाट पक्राउ गरेको छ। पक्रा पर्ने दम्पत्ति संजीव कुमार (४२) र प्याली दास गुप्ता दत्त (३८) को रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार यी दुवैले मिलेर पहिला बेरोजगार युवाहरूको खोजी गर्थे अनि यसपछि तिनीहरूलाई सरकारी कार्यालय, एमईएस जस्ता संस्थामहरूमा नोकरी लगाइदिने प्रलोभन देखाएर रूपियाँ लिइने गर्थे। आरोपी संजीव र प्यालीले केवल सिलगढीमा मात्र लगभग १२ जना भन्दा अधिक नोकरीको खोजीमा रहेका बेरोजगारहरूलाई आफ्नो शिकार बनाइसकेको बताइएको छ। प्राप्त जानकारी अनुसार ती दम्पति संजीव र प्यालीले मिलेर सरकारी कन्ट्र्याक्ट दिलाउने प्रलोभन देखाएर एकजना व्यवसायीबाट धेरै रूपियाँ लिएका थिए तर उक्त व्यवसायीले सरकारी कन्ट्र्याक्ट पाएनन्। यसपछि व्यवसायीले सिलगढी थानामा संजीव र प्याली विरूद्ध आफुलाई ठगेको मामिला दर्ता गरे। यसपछि नै व्यवसायीको अभियोगको आधारमा सिलगढी थाना पुलिसले सम्पूर्ण मामिलाको जाँच शुरू गरेको छ। जाँच अवधि केही महत्वपूर्ण खुलासा भएको छ। गत राति पुलिसले अभियान चलाएर कोर्ट मोड़बाट उक्त दम्पतिलाई पक्राउ गरेको छ। ती दम्पत्ति विरूद्ध विभिन्न मामिला दर्ता गरेर आज पुलिसले तिनीहरूलाई सिलगढी अदालतमा पेश गरियो ।