१२ अक्टोबर विश्व दृष्टि दिवस, यसपालिको थीम हुनेछ ‘कामको बेलामा आफ्नो आँखासित प्रेम गर्नु’

nat

नयाँ दिल्लीः विश्व दृष्टि दिवस यस वर्ष बिहीवार अर्थात १२ अक्टोबरमा मनाइनेछ। यस वर्ष उत्सवको थीम ‘कामको बेलामा आफ्नो आँखासित प्रेम गर्नु’ रहने छ। विश्व दृष्टि दिवस जागरूकताको विशेष दिन हो जुन प्रतिवर्ष अक्टोबरको दोस्रो बिहीवार मनाइन्छ। यो एक वैश्विक कार्यक्रम हो जसको उद्देश्य अन्धोपन र दृष्टिहानि तर्फ ध्यानाकर्षण गराउनु हो। यस वर्ष १२ अक्टोबरमा यो दिवस मनाइनेछ जसको थीम रहेको छ ‘कामको बेलामा आफ्नो आँखित माया गर्नु’। यस विश्व दृष्टि दिवसमा हाम्रो ध्यान कार्यस्थलमा मानिसहरूलाई दृष्टिको सुरक्षाको महत्वलाई बुझाउनमा सहयोग गर्नेमाथि केन्द्रित हुनेछ साथै व्यापारिक नेताहरूसित हरेक ठाउँमा श्रमिकहरूको नेत्र स्वास्थ्यलाई प्राथमिकता दिने आह्वान गर्नेमाथि पनि केन्द्रित रहनेछ।

केन्द्रिय सामाजिक न्याय औ अधिकारिता मन्त्रालय अन्तर्गत दिव्यांग व्यक्तिहरूको सशक्तिकरण विभाग (डीईपीडब्ल्यूडी) देशका दिव्यांग व्यक्तिहरूको सबै विकास एजेण्डाहरूमाथि निगरानी राख्ने एउटा नोडल विभाग हो। जनतामाझ दृष्टि हानिको बारेमा जागरूकता फैलाउने उद्देश्यले विभागले देशभरि नै विभिन्न कार्यक्रमहरू आयोजना गरेर योसित सम्बन्धित संस्थाहरूको माध्यमबाट १२ अक्टोबरको दिन विश्व दृष्टि दिवस मनाइरहेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement