पीएफआईसित सम्बन्धित मामिलामा एनआईएले लखनऊ सहित धेरै जिल्लाहरूमा रेड गऱ्यो

nat

लखनऊः राष्ट्रिय अन्वेषण अभिकरण (एनआईए) को टीमले बुधवार पीएफआईसित सम्बन्धित मामिलामा लखनऊ सहित पाँच जिल्लामा छापा मारेको छ। यो कारबाही बिहानैदेखि जारी छ। यस अवधि सुरक्षाबललाई पनि खटाइएको छ। पुलिसका एक अधिकारी अनुसार, लखनऊको मदेयगंज स्थित पकरिया क्षेत्रमा एउटै मोहल्लाको तीन घरमा एनआईएले छापा मारेको छ। एनआईए टीमको साथ प्यारा मिलिट्री फोर्स र महिला पुलिसकर्मी तैनात छन्। एनआईएले डा. ख्वाजा, मास्टर शमीम र मौलाना जमीललाई हिरासतमा लिएर मदेयगंज थानामा लिएर सोधपुछ गरिरहेछ।

यस बाहेक एनआईएले बाराबंकी जनपदको कुर्सी क्षेत्रस्थित गौरहार गाउँमा छापा मारेको छ। एनआईएले यहाँपनि पीएफआईसित जुड़ेको सदस्यहरूको तलाशी गरिरहेछ। सीतापुर जिल्लाको महमूदाबाद तहसीलमा एनआईएले छापा मारेको छ। उल्लेख्य, सरकारले पीएफआईमाथि उसको कथित आतङ्की गतिविधिहरूका लागि प्रतिबन्ध लगाएको थियो। यसपछि नै जाँच एजेन्सीहरूले पीएफआईका सदस्य र उसका संगठनहरूमाथि कारबाही गरिरहेछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement