भारी मात्रामा जाली नोटहरूको साथ तस्कर पक्राउ

IMG-20230410-WA0169-11-300x172-3

कोलकाताः पश्चिम बंगाल पुलिसको स्पेशल टास्क फोर्स (एसटीएफ) ले मुर्शिदाबादको शमशेरगंज थाना अन्तर्गत धूलियानमा ठोस सूचनाको आधारमा छापा मारेर जाली नोटहरूको तस्करलाई समाएको छ। उसको पहिचान तासीरूद्दीन उर्फ तौसीफ शेख (२७) मालदा जिल्लाको वैष्णवनगर थाना क्षेत्र निवासीको रूपमा गरिएको छ। तस्करदेखि ९८ हजार ५०० को १९७ जाली नोट जफत गरिएको छ। सबै नोट ५०० रूपियाँका छन्।

एसटीएफका एसपी आईपीएस इन्द्रजीत बसु अनुसार, ठोस सूचनाको आधारमा मंगलवार राति औचक छापा मारेर उसलाई घेरियो। हिरासतमा लिएर तलाशी लिँदा भारी मात्रामा जाली नोट जफत भयो। त्यस विरूद्ध भारतीय दण्ड विधानको धारा १२० बी, ४८९ बी र ४८९ सी अन्तर्गत मामिला दर्ता गरी कानूनी कारबाही शुरू गरिएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement