कोलकाताः पश्चिम बंगालको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचारको मामिलामा अभिषेक ब्यानर्जीकी पत्नी रूजीरा बुधवार सीजीओ कम्प्लेक्स स्थित ईडी अफिसमा सोधपुछको हिस्सा बन्न पुगेकी छन्। ईडीले उनलाई बिहान १०.३० बजीदेखि ११ बजीबीच हाजिर हुने नोटिस दिएको थियो। त्यही अनुसार, १०.५८ बजी उनी सीजीओ कम्प्लेक्स पुगिन्। यहाँ मीडिया कर्मीहरूले उनीसित धेरै प्रश्न सोध्न चाहे तर उनले जवाफ दिइनन्। उनी सीधा ईडी अफिसभित्र पसिन्।
सूत्रहरू अनुसार, उनीसित सोधपुछ भइरहेछ। उनको बयान रेकर्ड गरिनेछ। नियुक्ति भ्रष्टाचारको क्रममा उनीसित पहिलो पल्ट सोधपुछ भइरहेछ। यसअघि कोइला तस्करी मामिलामा गत साल २०२२ को जून महिनामा ईडीले उनीसित सोधपुछ गरेको थियो।
-हिस