पटनाः आयकर विभागले बुधवार बिहान बिहारको पूर्णिया, भागलपुर र किशनगंजमा मिल्लिया एजुकेशन ट्रस्टका २० ठेगानाहरूमा एकसाथ छापा मारेको छ। यो कारबाही ट्रस्टका संस्थापक र उसका सदस्यहरूको घरमा भएको छ। बिहान लगभग ७ बजी पटना नम्बरका दुई दर्जनभन्दा धेरै गाड़ी पूर्णियाको लाइन बजार शिव मन्दिर नजिक पुग्यो।
यसअघि कसैले केही बुझ्न अगावै दर्जनौ अधिकारी र फोर्स एकसाथ चार अलग अलग घरमा पसे औं छापामारी शुरू गरे। यो कारबाही मिल्लिया एजुकेशन ट्रस्टका संस्थापक असद इमामको घर सहित उनको एजुकेशन ट्रस्टमाथि चलिरहेछ। मिल्लिया एजुकेशन ट्रस्टको सदस्य कैसर इमाम, गुलाम हुसैन तथा महमूदको घरमा पनि छापा मारिएको छ। प्रत्यक्षदर्शीहरू अनुसार, अधिकारीले ट्रस्टका सदस्य महमूदलाई संस्थापक अमद इमामको घर लिएर गएका छन्।
मिल्लिया एजुकेशन ट्रस्ट पूर्णिया सहित सीमांचलमा शिक्षाको क्षेत्रमा ठूलो नाम छ। यस ट्रस्ट अन्तर्गत पूर्णिया मिल्लिया कन्वेन्ट स्कूल, मिल्लिया इन्स्टीट्यूट अफ टेक्नोलोजी, मिल्लिया पोलिटेक्निक, मिल्लिया हाईस्कूल तथा किशनगंजमा मिल्लिया इन्जीनियरिङ कलेज छ। मिल्लियाका संस्थापक असद इमाम पूर्णियाबाट विधान परिषदको चुनाउ पनि लड़िसकेका छन्।
-हिस