लुधियानाको मुल्लाँपुर दाखामा नशा तस्करको घरमा छापा, पाँच करोड़ नगद जफ्त

nat

चण्डीगढ़ः जम्मू-कश्मीर पुलिसले पंजाब पुलिसको सहयोगमा लुधियानाको मुल्लाँपुर दाखामा नशा तस्कर अमनको घरमा छापा मारेर लगभग पाँच करोड़ रुपियाँ नगद, तीन दर्जभन्दा अधिक वाहनहरूको नक्कली नम्बर प्लेट तथा रिभल्भर जफ्त गरेको छ। उक्त नगद पलङको डसनामुनि लुकाएर राखिएको थियो। पंजाब पुलिसका महानिदेशक गौरव यादवले उक्त आशयको जानकारी बुधवार एक्स ह्याण्डल मार्फत दिएका छन्।

पुलिस महानिदेशक यादवले भनेका छन्, जम्मू पुलिसले केही दिनअघि ३० किलोग्राम हेरोइनसितै एक आरोपीलाई पक्राउ गरेको थियो। आरोपीसितको जाँचबुझमा खुलासा भए अनुरूप आजको छापामारी गरिएको थियो। जफ्त गरिएका सबै नम्बर प्लेटस् भिन्न-भिन्न राज्यको छ।

पुलिसको छापामा ४.९४ करोड़ रुपियाँको ड्रग मनी, वाहनहरूको ३८ वटा नक्कली नम्बर प्लेट्स र एउटा रिभल्भर प्राप्त भएको छ। अमन दशमेश कलोनी मुल्लाँपुरको वासिन्दा हो। उसको पिता भगौड़ा हो। पुलिसले हिजो अबेर राती अमनलाई पक्राउ गरेको छ। भनिन्छ, छापामा रुपियाँ गन्ती गर्ने मसिन पनि प्राप्त भएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement