शहीद कप फूटबलः टाईब्रेकरमा मीनग्लास टी स्टेटको रोमाञ्चक जीत

IMG_20220715_211428.jpg

१५ जुलाईः माल बस्ती युथ (गोरुबथान)-को तत्त्वावधानमा आयोजित शहीद कप नक्आउट फूटबल टुर्नामेण्ट २०२२-मा रोमाञ्चक जीतको साथ मीनग्लास टी स्टेटले क्वार्टर फाइनलमा स्थान बनायो। माल बस्ती खेल मैदानमा जारी यस इलेभेन ए साइड टुर्नामेण्टअन्तर्गत शुक्रवार भएको पूल ए-को म्याचमा मीनग्लास टी स्टेटले किराँत स्पोर्टिंग क्लब (दालिमटार)-लाई पेनल्टी शूटआउटमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। म्याच चरम रोमाञ्चक रह्यो। अब शनिवार खेलिने पूल बी-को म्याचमा सामसिंग एफसी र न्यू संगम स्पोर्टिंग क्लब (लोवर फागु)-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल म्याच २३ र २४ जुलाईमा खेलिनेछ। यसरी नै फाइनल म्याच २७ जुलाईमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ५० हजार रुपियाँको साथमा आकर्षक ट्रफी प्रदान गरिनेछ। यसरी नै उपविजेता टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षबाट जानकारी दिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement