१४ वर्षपछि जाङ्ग भिलेजका प्रभावित परिवारले पाए न्याय

n54634183816970397884666b4dc86a2b146dd235239a42385b4c4d1498bce258cab8d68410657ea36f65e2.jpg

पूर्व सरकारको उदासिनताका कारण प्रभावित परिवारले क्षतिपूर्ति पाउन सकेका थिएनन्ः मुख्यमन्त्री

गान्तोक: २००९ सालमा तुमिन लिङ्गी समष्टिअन्तर्गत जाङ्ग भिलेजमा एनएचपीसीद्वारा जलविद्युत परियोजनाको काम गर्दा घर-जमीन गुमाएका ३० परिवारले आज १४ वर्षपछि न्याय पाएका छन्।

राजधानीस्थित सम्मान भवनमा आयोजित एक कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज प्रभावित ३० परिवारलाई क्षतिपूर्ति प्रदान गरे।

१४ वर्षअघि पीड़ित बनेका जाङ्गवासीले पाउनुपर्ने क्षतिपूर्तिको माग तत्कालीन सरकारसमक्ष धेरैपल्ट गरे तापनि पाउन नसकेको मुख्यमन्त्रीले बताए। पूर्व सरकार ती परिवारप्रति गम्भीर नभएको कारण उनीहरूले क्षतिपूर्ति पाउन यति विलम्ब हुन गएको उनले आरोप लगाए।

उल्लेखनीय छ, २००९ मा एनएचपीसीद्वारा जलविद्युत परियोजना निर्माण गर्ने क्रममा धेरैले आफ्नो घर तथा जमीन गुमाउनु परेको थियो। एसकेएम सरकार गठन भएपछि यसको क्षतिपूर्तिको निम्ति २०२२ सालमा एउटा समझौता भएपछि यो प्रक्रिया अघि बढ़ेको थियो।

पीड़ित परिवार, एनएचपीसी अनि राज्य सरकारका प्रतिनिधिबिच भएको सो समझौतामा ३३ प्रतिशत क्षतिपूर्ति प्रदान गरिने कुरामा सहमति भएको थियो। आज क्षतिपूर्तिको कूल रकम १२ करोड़ ४ लाखमध्ये ५० प्रतिशत क्षतिपूर्ति ३० परिवारलाई प्रदान गरियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले पीड़ित परिवारले यो क्षतिपूर्ति धेरै अघि पाउनु पर्ने हो, तर तत्कालीन सरकारले यसपट्टि ध्यान नदिएको कारण विस्थापित परिवार ठगिँदै आएको बताए। एसकेएम पार्टी सरकारमा आएपछि उक्त विषयलाई संज्ञानमा लिएर पहल गर्दै निजी तौरमा पनि एनएचपीसीसँग कुराकानी गरेपछि आज क्षतिपूर्ति पाउन सफल बनेको उनले अवगत गराए।

यसै क्रममा आज क्षतिपूर्ति बाहेक विभिन्न संघ-संस्था, खेल क्षेत्र, उद्यमी, व्यवसायी, मन्दिर निर्माण आदिको निम्ति मुख्यमन्त्री विवेकाधीन कोषबाट सहयोग राशि प्रदान गरियो। आजको कार्यक्रममा राज्यको वर्तमान अवस्थालाई ध्यानमा राख्दै सहयोगका हातहरू विभिन्न संघ संस्थाले अघि बढाइरहेका छन् भने यसै क्रममा आज युथ डेभलपमेन्ट फ्रन्ट, सिम्फेड, सिक्किम क्रिकेट एसोसिएशन, सिस्को ब्याङ्क, एनएचपीसी-आदिले राहत मुख्यमन्त्री राहत कोषमा आर्थिक सहयोग प्रदान गरे। यसरी नै च्याखुङ निवासी सोनाम शेर्पाले विस्थापित परिवारहरूको निम्ति सिङताम आदर्श गाउँमा २ ऐकर जमीन प्रदान गर्ने भएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement