प्रधानमन्त्री मोदीले पिथौरागढ़बाट देशका मानिसहरूलाई दिनेछन् महत्वपूर्ण सन्देश

nat

देहरादूनः ऐसा धेरैपटक भइसकेको छ, चुनावी चुनौतीहरूबीच प्रधानमन्त्री नरेन्द्र मोदीले देशलाई सन्देश दिनका लागि उत्तराखण्डको धरतीलाई चुनेको। पछिल्लो लोकसभा चुनाउको बेलामा पनि मोदी केदारनाथ धाम आएको कुरा सबैलाई थाहा छ। अहिले पाँचवटा राज्यहरूको विधानसभा चुनाउको परिवेशमा मोदी फेरि बिहीवार उत्तराखण्डको सीमानवर्ती जिल्ला पिथौरागढ़ आइरहेका छन्। प्रधानमन्त्रीले यहाँबाट सारा देशलाई धेरैवटा सन्देश दिनेछन्। यो सन्देशले पाँच राज्यको विधानसभा चुनाउमा भाजपालाई त शक्ति प्रदान गर्ने नै छ, आगाम वर्ष हुने लोकसभा चुनाउको लागि पनि उर्जा सञ्चय गर्ने काम गर्नेछ।

प्रधानमन्त्री मोदीको पिथौरागढ़ दौड़ाहले दिने सन्देशहरूमा हिन्दुत्व, सुरक्षा औ विकासको मुद्दालाई सर्वोच्च प्राथमिकतामा राख्न सकिन्छ। यसपालि पिथौरागढ़को धरतीबाट मोदीले भगवान शिवको आदि कैलाशको दर्शन गर्नेछन्। जागेश्वर धाममा पूजा-अर्चना गर्नेछन्। हिन्दुत्वको जुन दर्शनलाई आफ्नो ढंगबाट मोदीले पछिल्ला वर्षहरूमा प्रचार गरेका छन् त्यसले पिथौरागढ़मा विस्तार पाउनु निश्चित छ।

मोदीको दौड़ाह आन्तरिक सुरक्षाको दृष्टिले पनि महत्वपूर्ण छ। चमोली जिल्ला जस्तै पिथौरागढ़का सीमानाहरू चीनसित गाँसिएको छ। उनको केदारनाथ यात्रामा जसरी हिन्दुत्व, सुरक्षा औ विकासको सोझो सम्बन्ध थियो त्यसरी नै पिथौरागढ़को १२ अक्टोबरको प्रस्तावित प्रवासमा पनि यी तीनैवटा मुद्दाहरू सशक्त रूपमा उपस्थित रहनेछन्। यस क्रममा मोदीको सीमान्त जिल्लामा बसोबास गर्ने मानिसहरू तथा त्यहाँ तैनाथ सेना र सुरक्षा बलहरूसित प्रत्यक्ष सम्वाद गर्ने कार्यक्रम रहेको छ। साथै उनले ४२०० करोड़ रुपियाँका योजनाहरूको उपहार पनि दिनेछन्।

पिथौरागढ़मा बिहीवार मोदीको जनसभा पनि प्रस्तावित छ। भनिन्छ, जनसभामा मोदीले दिने भाषण दूरगामी चुनावी निहितार्थ हुनेछ। उत्तराखण्डमा लोकसभाको मात्र पाँचवटा सीट छ, तर मोदी र भाजपा सरकारले यस सानो राज्यको महत्वलाई कहिल्यै कम ठानेनन्। मोदीको पिथौरागढ़ दौड़ाह उत्तराखण्ड भाजपालाई चुनावी तयारीको हिसाबले चार्ज गर्ने किसिमको पनि साबित हुनेछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement