कोलकाताः विपक्षी गठबन्धन आईएनडीआईएको आगामी बैठक नोभेम्बरको पहिलो सातामा हुनसक्छ। उक्त बैठकपूर्व कंग्रेस नेता राहुल गान्धीले पश्चिम बंगालकी मुख्यमन्त्री तथा तृणमूल कंग्रेस पार्टीकी सुप्रिमो ममता ब्यनर्जीसित बातचित गरेका छन्। बुधवार टीएमसी नेताले यसको पुष्टि गर्दै बताए, गए मंगलवार साँझ राहुल गान्धीले फोन गरेका थिए।
राहुल गान्धी मात्र नभएर कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड़गे र एनसीपी नेता शरद पवारले पनि गए मंगलवार तृणमूल नेता ममता ब्यनर्जीसित अलग-अलग बातचित गरेका थिए। पश्चिम बंगालकी मुख्यमन् गत महिना आफ्नो स्पेन यात्रा अवधि खुट्टामा चोट लागेको कारणले घाइते भएकी थिइन्। हाल चिकित्सकहरूको परामर्श अनुसार उनले कालीघाटस्थित आफ्नो घरमा विश्राम गरिरहेकी छन् र त्यहीँबाटै सबै प्रशासनिक कार्यहरूको निगरानी गरिरहेकी छन्।
ममता ब्यनर्जीसित गठबन्धनको आगामी बैठक कहिले गर्ने भनी सोधिएको प्रश्नमा उनले भनेकी छन्, दुर्गापूजा र लक्ष्मीपूजा बितिसकेपछि मात्र उनले बैठकमा भाग लिन सक्नेछन्। ममताले आगामी चार-पाँच नोभेम्बरमा बैठक राख्न सकिने सुझाउ दिएकी छन्। यसै त आगामी सात नोभेम्बरमा मिजोरम विधानसभाको चुनाउ भइरहेको छ। फोनमा भएको बातचितपछि यदि सबै कुरा सही रहे आईएनडीआईएको अघिल्लो बैठक आगामी ४-५ नोभेम्बरमा नागपुरमा हुनेछ जसमा ममता ब्यनर्जी सामेल हुन सक्नेछन्।
-हिस